हिजोका दिनमा राजनीति मुख्य विषय भएको तर अबका दिनमा जनता र समाजको सेवा नै हाम्रो मुख्य लक्ष्य हुनुपर्दछ- राष्ट्रपति

kala sahitya top

माघ २५, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन भएको बताउनुभएको छ।

मीनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति कार्यालयमा बिहीबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले दिगो शान्ति, विकास र सुशासनबाट नै गरिब, सीमान्तकृत, पिछडिएको क्षेत्र तथा वर्गका जनताको मुहारमा खुसी ल्याउन सकिने बताउनुभयो। “राजनीतिलाई समाजसेवाको यही बाटोमा केन्द्रित गराउनु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो।

Article Inline 2

उहाँले हिजोका दिनमा राजनीति मुख्य विषय भएको तर अबका दिनमा जनता र समाजको सेवा नै हाम्रो मुख्य लक्ष्य हुनुपर्दछ भन्नेमा विशेष जोड दिनुभयो।

“समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई पुरस्कृत र सम्मान गर्दा भावी पुस्तालाई असल  काम गर्न उत्प्रेरित गर्नेछ,असल कामका लागि मानिसलाई उत्प्रेरित गर्ने यस्ता कामलाई यस संस्थाले निरन्तरता दिनेछ भन्ने पनि मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो।

प्रतिष्ठानले समाजका उपेक्षित वर्ग र क्षेत्रको हित र उत्थानका लागि आगामी दिनमा विशेष कार्यक्रम ल्याएर  काम गर्ने विश्वास व्यक्त गर्दै उहाँले  स्वर्गीय मीनकुमारी लगायत उहाँको परिवारले नेपालको लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको स्मरण गर्नुभयो। साथै प्रतिष्ठानले मानवअधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्र, शिक्षा, स्वास्थ्य तथा खेलकुद लगायतका क्षेत्रमा आफूलाई क्रियाशील गराउँदै आएकोमा खुसी व्यक्त गर्नुभयो।

राष्ट्रपति पौडेलले मीनकुमारी प्रजातन्त्र सेनानी सम्मान लोकतन्त्रवादी नेता लेखनाथ न्यौपाने, राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाल र राष्ट्रिय खेलकुद पुरस्कार प्रकाश थापा मगरलाई प्रदान गर्नुभयो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :