यो अभियान यात्रामा जनताले उठाएका आवाज खेर जान दिने छैनौँ – महामन्त्री गगन थापा

arthik top

माघ १९, बर्दिबास । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताका समस्या र आवश्यकतालाई राजनीतिक मुद्दा नबनाएसम्म संविधान र लोकतन्त्र सबल हुन नसक्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन महोत्तरी शाखाले सीमावर्ती नगरपालिका मनरा सिसवाको भोलहीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

Article Inline 2

महामन्त्री थापाले अब पनि जनताका खेत खलिहान, शिक्षा, सिँचाई, रोजगारी, युवा पलायन जस्ता समुदायका समस्यालाई राजनीतिक विषय नबनाए जनतामा व्याप्त नैराश्य चिर्न र लोकतन्त्रको अनुभूति गराउन नसकिने धारणा राख्नुभयो । संवाद यात्राका क्रममा जनताबाट उठेका सवालहरूको एकीकृत दस्ताबेज तयार गरी सम्बन्धित निकायमा प्रस्तुत गरिने जानकारी दिनुभयो ।

‘‘यो अभियान यात्रामा जनताले उठाएका आवाज खेर जान दिने छैनौँ, ७७ वटै जिल्लामा खटिनु भएका साथीहरू तथा केन्द्रीय नेताका रिपोर्ट प्राप्त भएपछि दस्ताबेज तयार पारेर अघि बढ्छौ ।’’ उहाँले भन्नुभयो, ‘‘यी दस्ताबेजलाई फागुनमा हुने महासमिति बैठकदेखि आगामी वर्षको बजेट निर्माणमा जनताका यी आवाजलाई समावेश गर्न संसद्को माध्यमले सरकारसम्म पुर्‍याउन सङ्गठित प्रयास गर्ने छौँ ।’’

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :