काठमाडौं । हङकङ इन्टरनेसनल सुपर सिक्सेस-२०२४ को उपाधि श्रीलंकाले जितेको छ ।
आइतबार फाइनलमा पाकिस्तानलाई तीन विकेटले हराउँदै श्रीलंकाले उपाधि जितेको हो । पाकिस्तानले दिएको ७३ रनको लक्ष्य श्रीलंकाले तीन विकेट गुमाएर ५ ओभरमै पूरा पुरा गर्यो ।
उपाधिका लागि श्रीलंकाका सन्दुन विराक्कोदीले ३४, लिहिरु मधुसनकाले १९, थारिन्दु रत्नायकेले १६ रनको योगदान गरे । अरु ब्याटरले भने दोहोरो अंकमा खेल्न सकेनन् ।
पाकिस्तानका फाहीम असर्फ र हुसैन तलातले एक-एक विकेट लिए । पहिले ब्याटिङ गरेको पाकिस्तानले सबै विकेट गुमाएर ७२ रन बनाएको थियो । पाकिस्तानका ओपनर मुहम्मद अखलकले ४८, कप्तान फाहीम असर्फले १३ र आमेर यामिनले ६ रन बनाएका थिए ।
श्रीलंकाका थारिन्दु रत्नायके र धनन्जय लक्सनले दुई-दुई तथा निमेष विमुक्थी र लिहुरु मधुसनकाले एक-एक विकेट लिए ।
हङकङ सिक्सेसमा सहभागी भएको नेपाल भने समूह चरणका सबै खेलमा विजयी भए पनि क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको थियो ।