spot_img

Wednesday, October 9, 2024

नेपालले यूएईलाई ६ विकेटले हराउँदै महिला एसिया कप इतिहासमा पहिलो जित

काठमाडौं । नेपालले एसीसी वुमन्स एसिया कपमा  ऐतिहासिक जित हासिल गरेको छ । नेपालले यूएईलाई ६ विकेटले हराउँदै महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो ।

श्रीलंकाको दाम्बुलामा ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि २०१२ मा तीन र २०१६ मा ५ खेल खेल्दै  नेपाल सबैमा पराजित भएको थियो । नेपालको जितमा उत्कृष्ट ब्याटिङ गर्दै सम्झना खड्का ४५ बलमा ११ चौकासहित नटआउट ७२ रनजोडिन । पूजा महतो ७ रनमा नट आउट रहिन् ।

  • -advertisement-
  • -advertisement-

सीता रानामगर ७, कविता कुँवर २, इन्दु बर्मा ६ र रुविना क्षेत्री १० रनमा आउट भइन् । यूएईकी कविसा कुमारीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन् ।

 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । यूएईकी युवा ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् ।

कविशा एगोदागेले २२ रनको योगदान दिइन् । ओपनर इशा ओजा १० रन जोड्दै दोस्रो ओभरमा रनआउट भएपछि यूएई केही दबाबमा थियो ।

तिर्था सतिशलाई ९ र रिनिथा रजिथ ६ रनमा आउट भए  । नेपालका लागि कप्तान इन्दु वर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । कृतिका मरासिनी, सबनम राई र कविता जोशीले १-१ विकेट हात पारे । रुविना क्षेत्रीले ४ ओभरमा १८ रन र सिता रानामगरले ३ ओभरमा १२ रन मात्र खर्चिए ।

नेपालकी कप्तान इन्दु बर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । स्पिनर कृतिका मरासिनीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । सबनम राइले ३ ओभरमा २७ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीको नाममा १ विकेट रह्यो । नेपालले दोस्रो खेल ६ साउनमा पाकिस्तान र ८ साउनमा भारतसँग खेल्नेछ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार