गैँडाकोट छैटौं उप प्रमुख कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता २०८० शुरु

taja samachar side 2

गैँडाकोट छैटौँ गैडाकोट उपमेयर कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिता गैंडाकोटमा शुरु भएको छ। महिला लगानी सभ्य समुन्नत समाजको थालनी भन्ने मूल नाराका साथ ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गैंडाकोट खेलकुद समितिद्वारा आयोजित छैठौँ उपमेयर कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगितामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले खेलाडी भाइबहिनीहरूले यहाँ प्रतिभा देखाएर प्रदेश ,केन्द्र साथै अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाउन सक्ने बताउनुभयो

प्रतियोगितामा  नगर उप प्रमुख शान्ति कोईराला, वडा नम्बर वडाअध्यक्ष प्रकाश सापकोटा , वडा नम्बर वडाअध्यक्ष तेज प्रसाद घिमिरे, कार्यपालिका सदस्य शान्ती न्यौपाने, गैडाकोट खेलकुद समितीका सदस्य ,सामाजिक ब्यत्तित्व लगायतको उपस्थिति  रहेको थियो

Article Inline 2

प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका छन् प्रतियोगिताको प्रथम पुरस्कार ४२ हजार, दोस्रो पुरस्कार ३२ हजार प्रोत्साहन वापत सेमिफाइनलका दुइ समूहलाई १७/१७ हजार प्रदान गरिने जनाइएको

सोमवार भएको उद्घाटन खेलमा सरस्वती निकेतनले नारायणी माविलाई गोल अन्तरले पराजित गरेको त्यस्तै अर्को खेलमा सूर्योदय विद्या मन्दिरले ज्ञानकुन्ज बोर्डिङ स्कूललाई गोल अन्तरले पराजित गरेको त्यस्तै अर्को खेलमा जनक नमुना माविले साईनिङ माविलाई ट्राईब्रेकरमा गोल अन्तरले पराजित गरेको

अहिले १६ वर्षमुनिका छात्राहरुको प्रतियोगिता सञ्चालन गरिएको यिनै मध्येबाट छनोट गरी प्रशिक्षण दिएर नगरपालिकाकै उत्कृष्ट महिला टिम बनाउने गरी तयारी शुरु गरिएको गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष एवं गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो समुद्घाटन समारोहको कार्यक्रम सञ्चालन समिति सदस्य दुर्गा घिमिरेले गर्नुभएको थियो

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :