single head

गैंडाकोट वडा नं. ४ मा नाम संकीर्तन परिक्रमा यात्रा

single post top 1

गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नं. ४ स्थित गणेश पाञ्चायन मन्दिरमा ‘हामी सनातनी हाम्रो सनातन हिन्दु जागरण महाअभियान नाम संकीर्तन परिक्रमा यात्रा’ शुक्रबार गरिएको छ ।

single p1

कार्यक्रमका सङ्कल्पकर्ता आचार्य पंण्डित रविन्द्र चापागाईले नेपाल देव भुमि, तपो भुमि, सनातन भुमि रहेको र यहाँ जन्मेका, हुर्केका कारण सबैले आफ्नो परिचाय दिन सकेको बताउनुभयो । उहाँले सनातन धर्मलाई जर्गेना गर्नु सबैको कर्तव्य भएको पनि बताउनुभयो ।

single p2

जसरी एउटा आमाले गर्भमा राखेर जन्म दिनु मात्र नभई हुर्काएर पछि ठुलो भएपछि उहि सन्तानले आफ्ना माता पिताको सेवा स्याहार सुसार गरे जस्तै हामीले पनि हाम्रो सनातन धर्मलाई जर्गेना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि व्यास आचार्य गुरुदेव श्री नारायण गैरे यस्तै विश्वहिन्दु महासंघका केन्द्रिय अध्यक्ष वेदप्रसाद गौडेल, वैदिक धर्म परिसद नवलपुरका सदस्य भवानीशंकर सापकोटा रहनुभएको थियो । गैँडाकोट वडा नं. ४ स्थित गणेश पाञ्चायन मन्दिरबाट सुरु भएको  ¥याली कोटेश्वर मन्दिर र हरेराम हरेकृष्ण मन्दिर हुदै पुनः गणेश पाञ्चायन मन्दिरमा पुगेर समापन गरिएको आचार्य पण्डित चापागाईले बताउनुभयो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3