काठमाडौँ । दशैं शव्द अंक दशबाट बनेको हो । दशअंक ‘१’ प्रकृतिमा ‘०’ प्रत्ययथपेर बनेको हो । १० अंकले प्रकृति ‘१’ नहुने हो भने ‘०’ ले कुनै अर्थ राख्दैन। गाउँघरका मानिसहरूले दशमहिनासम्म खेती, किसानीको काम गर्छन् । यसरी दश महिनासम्म काम गर्दा कहिले काही आराम र मनोरञ्जन पनि गर्नुपर्छ । त्यसो नगरे स्वास्थ्य विग्रन्छ, बिरामी भइन्छ । दश महिना काम गरेर प्रकृति (धर्तीमाता) र प्रत्यय(जिवात्मा/मुनष्य) ले विश्राम लिने अवसरको रूपमादशैं मान्ने परम्परा सुरु भयो । तर, विश्राम कसरी गर्ने त ? सुतिरहेर, बसिरहेर मात्र विश्राम नगरेर रमाइलोको लागि एक–अर्काको घरमा गएर कुराकानी गर्ने अवसरको रूपमा दशैंको सुरु भयो ।
दशैंको सम्मुखमा विभिन्न देवी देवताको भक्ति र पितृ/पूर्वजहरूको श्रद्धा गरिने चलन छ । यसो किन गरिन्छ भन्दा दुर्गतीलाई नाश गरी शक्तिको उपासनाको लागि नवदुर्गाको पूजा गरिन्छ । नौ दिनसम्म शक्ति सञ्चयको लागि नवरत्नको पूजा गरिन्छ ।
दशैंमा विभिन्न रातो, पहेलो, हरियो, सेतो रङ्गको टिका अनिजमरा निधारमा लगाउछौं । यसरी विभिन्न रङ्गको टिका र जमरा किन लगाउँछौ भन्दा मान्छे(जिवात्मा)ले धर्ती(पृथ्वी)मा खेती लगाउँदाका ७ रूप हुन्छन् । धर्ती(पृथ्वी)माताले उपार्जन गरेको अन्नबाली, सागसब्जीखाएर र ओखतीमूलो गरेर मान्छे बाँचेका छौं । पृथ्वीमातालाई मानिसले के कुराले स्वागत र सम्मान गरौं त भनेर रातो, सेतो, पहेलो, हरियो गरी विभिन्न रङ्गको टिका र जमरा केही घण्टा, केही दिन भए पनि लगाएर पृथ्वीमाताको स्वागत, सत्कार र श्रद्धा गर्न टिका र जमरा लगाइन्छ ।
टिका लगाएर मान्यजनकहाँ टिका लगाउन आउने–जाने गरिन्छ । यसको अर्थ सानोले ठुलालाई आदर, सत्कार गर्नु, मान सम्मानगर्नु र ठुलाले सानालाई आशिर्वाद दिनको लागि हो । आदर, सत्कार, मान सम्मानगर्नु र आशिर्वाद दिनजान्नु पर्दछ, बुझ्नु पर्दछ ।
दशैलाई विजया दशमी पनि भन्ने गरिन्छ । कसैकसैले यसलाई राम र रावणको युद्धसँग तुलना गरी रामले रावणमाथि विजयप्राप्त गरेको खुशियालीको दिनको रूपमा मानिएको भन्ने गर्दछन् । तर त्यसो हैन । राम र रावणको युद्ध त प्रचण्डले गिरिजालाई राष्ट्रपति बनाउँछु भनेर पछि नबनाएर गिरिजालाई हराए जस्तै त हो । यो कुन ठुलो कुरा हो र ? मुख्य कुरा १२ महिनासम्म खाने अन्नबाली सकुशल दश महिनासम्म लाएर प्रकृति माथि मानिसले विजय हासिल गरेको दिन भएको हुनाले विजया दशमी भनिएको हो ।