spot_img

Monday, April 28, 2025

गणतन्त्र दिवसको अवसरमा मंगलवार सार्वजनिक बिदा

 जेठ १५ काठमाडौँ । मंगलवार गणतन्त्र दिवसको अवसरमा नेपालसहित विदेशमा पनि विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षताको गठित गणतन्त्र मूल समारोह समितिले देशैभरि राज्यको तहबाट विभिन्न कार्यक्रम आयोजना हुँदैछ । मुख्यगरी, सैनिक मञ्च, टुँडिखेलमा सरकारले आयोजना गर्ने विशेष समारोहका बिचमा  मूल कार्यक्रम हुनेछ । जुन कार्यक्रममा नेपाली सेना विशेष परेडको आयोजना गर्नेछ ।

सैनिक मञ्चमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, सभामुख, प्रधानन्यायाधीश, उपप्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख तथा सदस्य, तीनैवटा निकायका सुरक्षा प्रमुखहरूको उपस्थितिमा सो भव्य कार्यक्रमको आयोजना हुनेछ ।

यसैगरी, गणतन्त्र दिवसको अवसरमा सरकारी कार्यालय, राजनीतिक दल, राजनीतिक दलका भातृ संगठन, विभिन्न संघ संस्थाहरूले पनि आ-आफ्ना किसिमले विभिन्न कार्यक्रमको आयोजना गर्ने गर्दछन् ।

२०६२/०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि मुलुक क्रमशः गणतन्त्र उन्मुख हुन पुगेको थियो । २४० बर्से जहानियाँ शासनको अन्त्य गर्दै २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकमार्फत मुलुक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरिएको थियो । सो घोषणासँगै नेपाल गणतन्त्रात्मक मूलक भएको अवसरमा हरेक वर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाइँदै आएको छ । यस अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदासमेत दिइएको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार