single head

विजय सामुदायिक शिक्षा सदनको पोखरामा गण्डकी इन्टर स्कुल टी–२० कपमा शानदार जित ।

single post top 1
पोखरा । पोखरामा आयोजना भएको गण्डकी इन्टर स्कुल टी–२० कप २०२६ क्रिकेट प्रतियोगितामा विजय सामुदायिक शिक्षा सदन विजयी भएको छ। इभेन्ट हेभेन क्रिकेट ग्राउण्ड पोखरा २७ मा आज भएको खेलमा चिल्ड्रेन लाइफ स्कुल बाग्लुङलाई ६ विकेटले पराजित गर्दै विजय सामुदायिक शिक्षा सदनले जित हात पारेको हो। टस जितेर पहिले फिल्डिङ रोजेको विजय सामुदायिक शिक्षा सदनले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै चिल्ड्रेन लाइफ स्कुल बाग्लुङलाई १०.५ ओभरमा मात्र ३३ रनमा अलआउट गरेको थियो।
३४ रनको सामान्य लक्ष्य पछ्याएको विजय सामुदायिक शिक्षा सदनले ४ विकेट गुमाउँदै निर्धारित लक्ष्य पूरा ग¥यो। सहज जितसँगै विजय सामुदायिक शिक्षा सदनले खेल आफ्नो पक्षमा पारेको हो। खेलमा विजय सामुदायिक शिक्षा सदनका छात्र खेलाडी सुलभ सापकोटा प्लेयर अफ द म्याच घोषित भए। प्रतियोगिता माछापुच्छ्रे स्पोट्र्स क्लबको आयोजनामा पोखरामा भइरहेको छ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेता समुहले ५० हजार नगद, प्रमाणपत्र शिल्ड र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3