गैंडाकोट । नेपाली कांग्रेस नवलपुरका नेता तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सक्रिय राजनीतिबाट सन्यास घोषणा गर्नुभएको छ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत भइसक्नुभएका पोखरेलले लामो राजनीतिक यात्रापछि सक्रिय राजनीतिबाट अलग हुने घोषणा गर्नुभएको हो। पोखरेल २०७४ सालको प्रदेशसभा निर्वाचनमा नवलपरासी पूर्व बाट निर्वाचित हुनुभएको थियो। त्यसपछि उहाँ गण्डकी प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेता हुँदै प्रदेशको मुख्यमन्त्री पनि बन्नुभएको थियो।
उहाँले पुर्वी नवलपरासीमा नेपाली कांग्रेसको जिल्ला सभापतिको जिम्मेवारी समेत लामो समय सम्हाल्नु भएको थियो।








