single head

नन्दन सामुदायिक वनको वार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न ।।

single post top 1
गैँडाकोट। श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट–६, ८ र ९ ले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ। समूहको कार्यालय भवनमा शुक्रबार कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा समूहका अध्यक्ष हरिमाया अधिकारिले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित संरक्षण, संवद्र्धन तथा विकाससम्बन्धी विभिन्न कार्यक्रम प्रस्तुत गर्नुभयो।
प्रस्तावित कार्यक्रममा वन्यजन्तुको संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक तालिम सञ्चालन गर्ने, वनलाई थप आकर्षक बनाउने योजना अघि सारिएको छ। तेस्तै हाल कायम रहेको काठ बिक्री मूल्यमा पुनरावलोकन गरी घटाउने विषय पनि प्रस्तावमा समेटिएको छ। वन डढेलो नियन्त्रण तथा वन संरक्षणलाई थप प्रभावकारी बनाउन प्रविधियुक्त मेसिन तथा उपकरणको प्रयोग गर्ने योजना पनि प्रस्तुत गरिएको छ।
कार्यक्रममा सबडिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सन्तोष मिश्रले वन संरक्षण तथा अनुगमनका लागि ड्रोन प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो। उहाँले सर्प तथा अन्य वन्यजन्तुको व्यवस्थापनका लागि आवश्यक तालिम सञ्चालन गर्नुपर्नेमा समेत जोड दिनुभयो।
कार्यक्रममा समूहका पुर्व अध्यक्ष घनश्याम कण्डेल, शशिधर न्यौपाने ,निवर्तमान अध्यक्ष बालकृष्ण गौडेल लगायतले समूहले आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रम तथा वन संरक्षणका विषयमा सुझाव दिनुभएको थियो।
कार्यक्रममा समूहका उपाध्यक्ष नरजंग रानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण समूहका सचिव कमला शर्माले गर्नुभएको थियो।
गोष्ठीमार्फत आगामी आर्थिक वर्षमा वन संरक्षण, वन्यजन्तु व्यव
स्थापन, प्रविधिको प्रयोग, पर्यावरणीय संरक्षण तथा सामुदायिक विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3