चितवन । नेपाली कांग्रेसको १५औं महाधिवेशन प्रक्रिया शनिबारबाट सुरु हुँदै छ । प्रदेश र जिल्ला तहको अधिवेशन बाहेक सबै तहका निर्वाचान असोज १९ गतेभित्र सम्पन्न हुने नेपाली कांग्रेसले बताएको छ । नेपाली कांग्रेस चितवनले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी असोज ३ वा ४ गते जिल्लाका ९८ वडामा नै अधिवेशन हुने जनाएको छ । असोज ७ गते पालिका अधिवेशन, असोज १० गते प्रदेशसभा तथा क्षेत्रीय अधिवेशन अधिवशेन हुने जिल्ला पार्टी सभापति राजेश्वर खनालले जानकारी दिनुभयो । वडा, पालिका तथा क्षेत्रबाट चुनियर गएका महाधिवेशन प्रतिनिधिले असोज १६ देखि १९ गतेसम्म काठमाण्डौँमा हुने केन्द्रिय महाधिवेशनमा सहभागिता जनाउनेछन् । प्रदेश र जिल्लाको अधिवशेन भने दशै तिहारपछि गर्ने तयारी भएको अध्यक्ष खनालले जानकारी दिनुभयो ।
चितवन कांग्रेसले सबै वडाका क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा चितवनबाट २७ हजार पाँच सय जना क्रियाशिल सदस्य सहभागि हुनेछन् ।
निर्वाचन सफल बनाउनका लागि कांग्रेस केन्द्रले प्रतिनिधि तोकेर सबै जिल्लामा पठाएको छ । ‘अधिवशेनलाई व्यवस्थित, मर्यादित, उत्साहपूर्ण र प्रभावकारी रुपमा सम्पन् गर्न आवशयक तयारी छलफल, समन्वय तथा अन्तरक्रियाका लागि ९८ वटै वडा कार्यसमितिलाई बृहत वडा बैठक आयोजन गर्न पत्रचार गरेका थियौँ, उहाले भन्नुभयो भेला तथा बृहत बैठक आयोजना गरी अधिवशेनको तयारी सम्बन्धी आवश्यक छलफल र समन्वय गरिसकेका छन्।
कांग्रेस चितवनले वडा अधिवेशनबाट ९८ जना महिला वडा उपसभापतिको नेतृत्वमा आउने अवसर सुनिश्चित छ । यसैगरी १८९ जना युवा पुस्ताका लागि वडा कार्यसमितिमा स्थान सुनिश्चित गर्ने जनाएको छ । पार्टी संगठनलाई थप समावेशी र प्रतिनिधि मूलक बनाउने उद्देश्यले दलित समुदायको प्रतिनिधित्व समेत सुनिश्चित गरिएको छ । प्रत्येक वडाबाट कम्तिमा एक जना दलित सदस्यलाई प्रत्यक्ष तर्फ वडा कार्यसमितिमा प्रतिनिधित्वको व्यवस्था गरिएको छ ‘यो व्यवस्थाले पार्टीको आधारभूत तहको संगठनमा महिला, युवा तथा दलित समुदायको अर्थपूर्ण सहभागिता र नेतृत्व विकासलाई संस्थागत गर्ने अपेक्षा लिएको छ ।
चितवनको क्षेत्रीय प्रतिनिधिहरुको संख्या करिब ३१०० जना रहेका छन् ।










