single head

अन्तर वडा महिला तथा पुरुष फुटबल प्रतियोगिता : पुरुष तर्फ गैँडाकोट वडा नम्बर ८,३,४ विजयी,महिला तर्फ गैँडाकोट ६ विजयी

single post top 1

गैँडाकोट। नवलपुरको गैँडाकोटमा जारी अन्तर वडा महिला तथा पुरुष फुटबल प्रतियोगितामा दोस्रो चरणका खेलहरु सुरु भएका छन् ।

single p1

शुक्रबार गैँडाकोट वडा नम्बर ८ र १४ बीच भएको दोस्रो चरणको पहिलो खेलमा वडा नम्बर १४ विजयी भएको प्रतियोगिताका खेल संयोजक प्रशान्त रेग्मीले जानकारी दिए । उनकाअनुसार वडा नम्बर १४ ले वडा नम्बर ८ लाई २–० गोल अन्तरले पारजित गर्दै सेमीफाइनलको यात्रा तयार गरेको छ । प्रतियोगिताको २६औँ मिनेटमा वडा नम्बर १४ को तर्फबाट जर्सी नम्बर ६ का खेलाडी चन्द्रकुमारले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यस्तै खेलको ५२ औँ मिनेटमा वडा नम्बर १४ का लागि जर्सी नम्बर १० का खेलाडी यम बहादुर थापाले अर्को गोल थप्दै टोलीलाई सेमीफाइनलको यात्रा सुरक्षित बनाए । यस खेलको म्यान अफ दी म्याच गैँडाकोट १४ का जर्सी नम्बर १० का खेलाडी यमबहादुर थापा भएका भएका छन

single p2

त्यस्तै,  दोस्रो खेलमा गैँडाकोट वडा नम्बर ३ सेमीफाइनल प्रवेश गरेको छ । वडा नम्बर ३ ले वडा नम्बर ११ लाई पेनाल्टी सुटआउटमा पछाडि पार्दै सेमीफाइनल यात्र तयार गरेको हो । प्रतियोगिताको निर्धारित समयमा दुवै टोली गोलरहित बराबरीमा खेलेपछि पेनाल्टी सुटआउटबाट वडा नम्बर ३ सेमीफाइनल प्रवेश गरेको खेल संयोजक रेग्मीले जानकारी दिए ।पेनाल्टी सुटआउटमा वडा नम्बर ३ ले ३ गोल गर्दा वडा नम्बर ११ ले दुई गोलमात्र गरे पछी  वडा नम्बर ३ सेमीफाइनल प्रवेश गरेको  छ । प्रतियोगिताको म्यान अफ दी म्याच वडा नम्बर ३ का गोलरक्षक विकास सारु घोषित भएका छन्  ।

त्यस्तै,  तेस्रो खेलमा वडा नम्बर ४ विजयी हुँदै सेमीफाइनलमा पुगेको छ । वडा नम्बर ४ ले वडा नम्बर १० लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमीफाइनल यात्रा तयार गरेको खेल संयोजक रेग्मीले जानकारी दिए । खेलको आठौँ मिनेटमा वडा नम्बर १० का तर्फबाट जर्सी नम्बर १० का खेलाडी शैलेश कँडेलले गोल गर्दै टिमलाई दिलाएको अग्रता दिलाएका थिए । प्रतियोगिताको २१औँ मिनेटमा वडा नम्बर ४ का खेलाडी सुदन पराजुलीले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । प्रतियोगितामा दोस्रो गोल भएको ६ मिनेटमै वडा नम्बर १० का जर्सी नम्बर ११ का खेलाडीले देवेन्द्र गुरुङले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाएका थिए । वडा नम्बरको १० को खुशीलाई टुक्राउँदै वडा नम्बर ४ का जर्सी नम्बर ९ का खेलाडी अविनाश गुरुङले खेलको ३५ औं मिनेटमा गोल गर्दै प्रतियोगिता २–२ को बराबरीमा पु¥याए । निर्धारित समयमा २–२ को बराबरीमा खेल पुगेपछि पेनाल्टी सुटआउटबाट वडा नम्बर ४ सेमीफाइनल प्रवेश गरेको खेल संयोजक रेग्मीले बताए । रेग्मीका अनुसार पेनल्टी सुटआउटमा ३–१ गोल अन्तरले वडा नम्बर ४ सेमीफाइनल पुगेको हो ।  प्रतियोगितामा वडा नम्बर ४ का गोल रक्षक सागर थापा खेलको म्यान अफ द म्याच घोषित भए ।

यसैबीच,  शुक्रबार भएको महिलातर्फको पहिलो चरणको अन्तिम खेलमा वडा नम्बर ६ विजयी भएको छ । गैँडाकोट–१० र गैँडाकोट ६ बीच भएको खेलमा गैँडाकोट १० का खेलाडीले आत्मघाती गोल गर्दा गैँडाकोट ६ विजयी हुँदै सेमीफाइनलको यात्रा तयार गरेको खेल संयोजक रेग्मीले जानकारी दिए । खेलमा पराजित भए तापनि उत्कृष्ट खेल कौशल प्रदर्शन गर्नुभएकी वडा नम्बर १० की जर्सी नम्बर ७ की खेलाडी अप्सरा भुजेल ‘प्लेयर अफ द म्याच’ घोषित भइन । उनले खेल अवधिभर प्रशंसनीय प्रदर्शन गरेकी थिइन ।

सेमीफाइलनमा पुग्ने सबै टोलीले माघ ४ गते सेमीफाइलनमा प्रतिस्पर्धा गर्ने रेग्मीको भनाइ छ । गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा जारी प्रतियोगिता गैँडाकोट फुटबल क्लबको आयोजनामा भइरहेको छ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुने जनाइएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3