spot_img

Saturday, January 17, 2026

नारायणी सामुदायिक वनको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

गैडाकोट । नारायणी सामुदायिक वनको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  समूहको वातावरण बाल उद्यान परिसरमा सोमबार उपस्थित सदस्यहरूलाई कृषि गर्न प्रोत्साहन स्वरूप पाँच केजीको जैविक मल प्रदान गरिएको थियो।

कार्यक्रममा गण्डकी प्रदेश वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले सामुदायिक वन क्षेत्रभित्र रहेका सुकुम्बासी व्यवस्थापनका मुद्दाहरू समाधान गर्न मन्त्रिपरिषद् तहबाट दीर्घकालीन नीति आवश्यक रहेको बताउनुभयो । मन्त्री पौडेलले नारायणी सामुदायिक वनले सदस्य केन्द्रित हक हित मैत्री, पारदर्शी र परिणाममुखी कार्यक्रम मार्फत उदाहरणीय भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा गर्नुभयो। मन्त्री पौडेलले भन्नुभयो, अब वनबाट लिनसक्ने उत्पादन लिनुपर्छ हिजो काठ मात्र उत्पादनका रूपमा लिएका थियौ भने आज त्यहाँ भएका झारहरू सुकेका पातहरूबाट जैविक मल बनाउन सक्छौं, जरा पनि बेच्न सक्छौँ, पातहरुबाट दुना टपरी बनाएर बेच्न सक्छौं, वनभित्रका राम्रा ठाउँहरूलाई पार्क विभिन्न तालहरू निर्माण गरी पर्यापर्यटनको रुपमा बेच्न सक्छौं भने धेरै जडीबुटीहरु वनमा उपलब्ध छन् । त्यहाँबाट पनि उत्पादन लिन सक्छौं उहाँले भन्नुभयो । हिजो एउटा मात्र उद्देश्य राखेर प्रयोग गरिन्थ्यो भने आज धेरै उद्देश्य राखेर उत्पादन लिन सक्छौं, यसरी समृद्धितर्फ अगाडि बढ्न सक्छौं जब यहाँका नागरिक समृद्ध हुन्छन् त्यसपछि समुदाय समृद्ध हुन्छ जब यो समुदाय समृद्ध  हुन्छ बल्ल प्रदेश समृद्ध हुन्छ जब प्रदेश समृद्ध हुन्छ त्यसपछि मात्र देश समृद्ध हुन्छ र हामी नागरिक सम्पन्न हुन्छौं उहाँले भन्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद टिका बस्यालले नारायणी सामुदायिक वनले स्थापनादेखि अहिलेसम्म धेरै राम्रा काम गरिरहेको बताउनुभयो । सांसद बस्यालले भन्नुभयो,“ वनले सकारात्मक कामहरु गरिरहेको छ त्यस्तै विपन्न, गरिब, पिछडिएका विद्यार्थीहरूको लागि छात्रवृत्ति प्रदान गरिनुका साथै महिला शशत्तीकरणको काम गरेकोमा खुसी व्यक्त लायगेको छ ।

त्यस्तै डिभिजन वन कार्यालय नवलपुरका डिभिजन वन अधिकृत विष्णु अधिकारीले अब वनले जीविकोपार्जन सम्बन्धी उद्यम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रराज सापकोटाले समूहले वन विकास, संस्थागत विकास,गरिव विपन्न न्यूनीकरण, सामाजिक विकासका कामहरू सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले वन विकासतर्फ अग्निपथ निर्माण वृक्षारोपण, ताल निर्माण गरेको बताउनुभयो । उहाँले आगालागीबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सफल भएको पनि बताउनुभयो। उहाँले बनदेवी सिमसार ताललाई थप व्यवस्थित बनाउने काम अगाडि बढाएको बताउनुभयो। उहाँले समूहको वातावरण मैत्री उद्धान पार्कलाई आन्तरिक एवं बाह्य पर्यटक हबको रूपमा विकास गर्न घोडा खरिद, चर्खेपिङ, स्वच्छ सफा पिउने पानी, बिजुली आदिको व्यवस्था गरिएको बताउनुभयो। अध्यक्ष सापकोटाले गरिब विपन्न परिवारलाई घर निर्माण, शौचालय निर्माण, स्वास्थ्य बीमा, औषधि उपचार, मृत्यु पश्चात राहत वितरण, छात्रवृत्ति विद्यालय सहयोग जस्ता धेरै कार्यक्रम गरेको बताउनुभयो ।

कार्यक्रममा समूहका सचिव सिता गिरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वनको भौगोलिक अवस्थालाई हेरेर दिगोवन व्यवस्थापन समवर्धन प्रणालीमा आधारित छनोट प्रणाली अवलम्बन गरी नयाँ कार्ययोजना तयार भइरहेको बताउनुभयो।  उहाँले वन संरक्षण समवर्धन लागि समूहको वन क्षेत्रभित्र अग्निपथको सरसफाई गरिएको बताउनुभयो । सचिव गिरीले समुहको वन क्षेत्रभित्र चोरी तस्करी नियन्त्रणका लागि वन हेरालु र समितिबीच वनगस्ती गरेर वन जोगाईएको बताउनुभयो । समूहको बालमैत्री उद्दान प्रवेशद्वारमा पुष्पवाटिकालाई थप आकर्षित बनाई विभिन्न प्रकृतिका फूलका बिरुवा रोपिएको पनि उहाँले बताउनुभयो। उहाँले प्रस्तावित कार्यक्रमहरूमा वन संरक्षण सम्बर्धन तथा विकास कार्यक्रम, संस्थागत विकास कार्यक्रम जस्ता कार्यक्रम ल्याइएको बताउनुभयो ।

त्यस्तै समूहको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष बिमला मगरले आर्थिक वर्ष ०८१÷०८२ को आय–व्यय विवरण र प्रस्तावित आम्दानी–खर्च प्रस्तुत गर्नु भएको थियो।
लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक लक्ष्मी चौधरीले वन समूहले गरेका कामहरूको प्रशंसा गर्दै सुझाव दिनुभएको थियो। सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य कमल पराजुली ,सामुदायिक वन उपभोक्ता महासँघ गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटा,गैडाकोट वडानम्वर ७ का वडा अध्यक्ष होमनाथ सापकोटा, समूहका निबर्तमान अध्यक्ष दिनानाथ त्रीपाटि, मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटा, उपभोक्ताको तर्फबाट छबिलाल सापकोटा, कोपिला ढकाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

त्यस्तै कार्यक्रममा सब डिभिजन वन कार्यालय गैडाकोटका प्रमुख सन्तोष मिश्र, गैंडाकोट वडा नम्बर ९ का वडा अध्यक्ष धामनाथ सापकोटा , सामुदायिक वन उपभोक्ता महासंघ नवलपुर अध्यक्ष मना भण्डारी,नन्दन सामुदायिक वन समुहको अध्यक्ष हरिमाया अधिकारी, जय श्री सामुदायिक वनको अध्यक्ष भीमबहादुर कुमाल, स्थानीय वन महासंघ अध्यक्ष निर्मला कँडेल लगायत बुद्धिजीवी, समाजसेवीहरूको उपस्थिति रहेको थियो।
साधारण सभामा वनलाई सहयोग गर्नुहुने चार जनालाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारी र उत्कृष्ट कार्यसमिति सदस्यलाई पनि पुरस्कृत गरिएको कार्यलय सचिव हरि सापकोटाले जानकारि दिनुभयो  । समूहका उपाध्यक्ष धनपति सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव सिता गिरीले गर्नुभएको थियो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :