single head

कालिका टोल विकास संस्था गैंडाकोट ८ द्वारा सरसफाई कार्यक्रम

single post top 1

गैँडाकोट सफा, सुन्दर तथा हरियाली टोल निर्माण गर्ने उद्देश्यका साथ कालिका टोल विकास संस्था गैंडाकोट ८ ले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाले आइतबार बिहान कालिका नमुना माध्यमिक विद्यालयको पश्चिमपट्टिको क्षेत्रमा सरसफाई गरेको हो। टोललाई स्वच्छ, सफा र व्यवस्थित राख्ने उद्देश्यले टोल विकास संस्थाका सदस्यहरू पालैपालो उपस्थित भएर सरसफाईमा सहभागी भएका थिए।

single p1

कालिका टोल विकास संस्थाका अध्यक्ष प्रेम आचार्यले सफा, सुन्दर र हरियाली टोल निर्माण गर्ने उद्देश्यले नियमित रूपमा सरसफाई गतिविधिलाई निरन्तरता दिइएको बताउनुभयो। उहाँका अनुसार हाल टोल विकास संस्थामा ९६ घरधुरी आबद्ध रहेका छन्।

single p2

सरसफाई कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नम्बर ८ का वडा सदस्य खगेश्वर सापकोटा, विनायक कृषि सहकारीका अध्यक्ष तिलक कडेल, टोल विकास संस्थाका सदस्य लगायत टोलबासीको उपस्थिति रहेको थियो।

टोलका सदस्यहरूले आफ्नो टोललाई सफा, स्वच्छ र सुन्दर राख्नु सबैको साझा जिम्मेवारी भएकाले नियमित रूपमा सरसफाईमा जुट्ने बताएका छन्। उनीहरूले टोलको वातावरण स्वच्छ राख्न स्थानीयवासीको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका छन्।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3