single head

भेडाबारी सामुदायिक वन उपभोक्ता समूहको २०औँ वार्षिक साधारणसभा सम्पन्न

single post top 1
असोज ३, गैंडाकोट। भेडाबारी सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट–११ र १२, नवलपुरको २०औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। समूहको कार्यालय परिसरमा आयोजित साधारणसभामा वन संरक्षण, उपभोक्ताको सहभागिता, संस्थागत गतिविधि तथा आगामी कार्यक्रमका विषयमा छलफल गरिएको थियो।
साधारणसभाको अध्यक्षता समूहका अध्यक्ष भोजबहादुर महतोले गर्नुभएको थियो। कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै नगर उपप्रमुख शान्ति कोइराला, डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत अर्जुन सापकोटा, गैंडाकोट–११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदी, गैंडाकोट–१२ का वडाध्यक्ष चक्रपाणि कँडेल लगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सामुदायिक वनका गतिविधि, वन संरक्षण तथा उपभोक्ताको हितका लागि समूहले सञ्चालन गर्दै आएका कार्यक्रमबारे जानकारी गराइएको थियो। साधारणसभाका क्रममा निःशुल्क सदस्यता वितरण कार्यक्रम समेत गरिएको थियो। सदस्यता प्राप्त गर्नेमा दिलकुमारी महतो, सावित्री आले मगर, दिलमाया वि।क। र गुप्तबहादुर श्रेष्ठ रहेका छन्।
त्यसैगरी कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान पनि गरिएको थियो। सम्मानित हुनेमा तोयानाथ सापकोटा, मनमायाँ नेपाली, चन्द्रकला अधिकारी, कौशिला पौडेल, सावित्री सापकोटा र नन्दलाल महतो रहेका छन्।
साधारणसभाकै अवसरमा घुम्तीकोष लगानी ९बीउ पूँजी वितरण० कार्यक्रम समेत अघि बढाइएको छ। नवज्योति डेरीअन्तर्गत रामु महतो, कृष्ण धिताल, उजेली निउरे, गजबहादुर हमाल, पुष्पा काफ्ले, सञ्जय अधिकारी, रामप्रसाद शर्मा, आनन्द बास्तोला र पतिराम तामाङलाई घुम्तीकोषमार्फत सहयोग तथा लगानी गर्ने कार्यक्रम राखिएको छ।
कार्यक्रमले सामुदायिक वन संरक्षणसँगै स्थानीय उपभोक्ताको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। साधारणसभामा वनको दिगो व्यवस्थापन, उपभोक्ताको सहभागिता र समूहका आगामी योजनालाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत जोड दिइएको थियो।
कार्यक्रममा सब–डिभिजन वन कार्यालय गैंडाकोटका कार्यालय प्रमुख, सशस्त्र प्रहरी प्रतिनिधि, स्थानीय सामुदायिक वन महासंघका पदाधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3