गण्डकी प्रदेश सरकारको राईड शेयरिङ नियमावली एक महिनाका लागि स्थगन

banner 3

पोखरा। गण्डकी प्रदेश सरकारले जारी गरेको राईड शेयरिङ नियमावली एक महिनाका लागि स्थगन गर्ने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषदले यसअघि जारी गरी कार्यान्वयन गर्न लागेको नियमावलीका सम्वन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पत्र लेखेपछि गण्डकी प्रदेश सरकारले आज साँझ स्थगन गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको हो ।

Article Inline 2

प्रधानमन्त्री कार्यालयबाट प्राप्त भएको पत्र अनुसार गण्डकी प्रदेश राईड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ बमोजिमका राईड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने कार्य प्रक्रिया स्थगन गर्ने भनि निर्णय भएको गण्डकी प्रदेश सरकारका प्रदेश सचिव ई. कमल कुमार अधिकारीले जानकारी दिनुभएको छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :