spot_img

Wednesday, May 21, 2025

नेपाल सुपर लिगको फाइनलमा पोखरा थन्डर्स / उपाधिका लागि ललितपुर सिटीको सामना गर्ने

काठमाडौं।  पहिलोपटक नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा पोखरा थन्डर्स पुगेको छ ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि इन्जुरी समयको तेस्रो मिनेटमा आयुष घलानको कर्नरमा स्टेफन समीर बिनोङले हेडमार्फत गोल गर्दै पोखराले धनगढी एफसीलाई १-० ले पराजित गरेको हो ।

खेलको ८३ औँ मिनेटमा गौरव श्रेष्ठ दोहोरो पहेँलो कार्ड पाएपछि पोखरा १० खेलाडीमा सीमित भएको थियो । तर, गोलकिपर गियाल्मो प्रिसोको उत्कृष्ट बचाउले धनगढीलाई गोलविहीन राख्यो ।

यो जितसँगै शनिबार हुने फाइनलमा पोखराले ललितपुर सिटी एफसीको सामना गर्नेछ । लगातार दुईपटक फाइनल पुगेको धनगढी यसपटक प्ले अफबाटै बाहिरियो ।

पोखराले एलिमिनेटरमा एफसी चितवनलाई ३-० ले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । सुरुवाती दुई खेल हारेको पोखरा त्यसयता अपराजित रहँदै फाइनलसम्म पुगेको हो ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार