spot_img

Tuesday, July 21, 2026

नेपाली विद्यार्थीलाई कक्षामा फर्किन केआईआईटीको आग्रह

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आग्रह गरेको छ। विश्वविद्यालय प्रशासनले सोमबार एक अपिलपत्र जारी गर्दै दुर्भाग्यपूर्ण घटना भएको बताउँदै फर्किन अपिल गरेको हो ।

’क्याम्पसमा हिजो साँझको समयमा एक दुर्भाग्यपूर्ण घटना घटेको छ। घटनापछि तत्काल प्रहरीले जाँच गरी दोषीलाई पक्राउ गरेको छ,’ विश्वविद्यालयका रजिस्ट्रारले जारी गरेको अपिलपत्रमा भनिएको छ, ’विश्वविद्यालयको प्रशासनले क्याम्पस र छात्रावासलाई सामान्यस्थिति फर्काउन पूरा प्रयास गरेको छ र शैक्षिक गतिविधिहरू पुनः सुरु गरिएको छ।’

प्रशासनले क्याम्पस छोडेका वा छोड्ने योजना बनाएका सबै नेपाली विद्यार्थीहरूलाई फर्केर कक्षामा सहभागी हुन आग्रह गरेको छ। विश्वविद्यालयका रजिस्ट्रारले यस घटनामा गम्भीरता देखाउँदै विद्यार्थीहरूसँग समन्वयको प्रयास गरिरहेको पनि अपिलमा उल्लेख छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :