single head

चौथो मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता २०८१ को उपाधि रत्नराज्य लक्ष्मी मा बि को पोल्टामा

single post top 1

गैँडाकोट । चौथो मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता २०८१ को उपाधि रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयले जितेको छ

single p1

गैंडाकोट खेलकुद समितिको गैँडाकोट क्षेत्रीय रंगशालाको खेलमैदानमा सञ्चालित चौथो मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता २०८१को  बुधबार भएको फाइनल खेलमा रत्नराज्य माध्यमिक विद्यालयले अमर ईङ्लिस स्कूललाई पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

single p2

 

कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट  नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले विजेता रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयलाई बधाई दिदै यस्ता किसिमका फूटबल प्रतियोगितामा भाग लिएर आफ्नो स्कुलको नाम राख्न पनि आग्रह गर्नु भयो । उहाले नगरले यसरीनै खेलको क्षेत्रमा कार्यक्रम गरेर आफ्नो ठाउका भाइ बहिनीहरुलाई खेलकुदमा लाग्न हौसला प्रदान गर्ने  र आफ्नो तथा नगरको नाम राख्न सक्ने बनाउन जरुरि रहेको बताउनु भयो  । नगर प्रमुख मदनभक्त अधिकारीले नगरपालिकाले रङ्गशालाको काम सम्पन्न गर्नका लागि बजेटको व्यवस्थापन गर्ने र संघीय एवं प्रदेश सरकार समक्ष पनि  आफूले पहल गर्ने पनि  बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता रहनु भएका गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाले  चौथो  मेयर कप  अन्तरविद्यालय फुटबल प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि कार्यक्रममा सम्पूर्ण बाट यसरीनै सहयोगको अपेक्षा राखेको बताउनु भयो  ।

कार्यक्रममा उपाधि बिजेता रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयले एकाउन्न हजार नगद पुरस्कार र ट्रफी ,मेडल र प्रमाणपत्र गरेको छ । त्यसैगरी दोस्रो हुन सफल अमर ईङ्लिस स्कूलले   ३१ हजार नगद पुरस्कार,तृतिय हुने अमरज्योती माध्यमिक विद्यालय र मुकुन्दसेन आधारमूत विद्यालयले  १६/१६ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

 

तेस्तै  प्रतियोगितामा अमर ईङ्लिस स्कूलका आयुष वि.क बेस्ट डिफेन्स, रत्नराज्य लक्ष्मी  मा.विका गणेश माप्छन् बेस्ट किपर, अमर ईङ्लिस स्कूलका बिमल मल्ल बेस्ट मिड फिल्डर, रत्नराज्य लक्ष्मी मा.विका रोहन मगर बेस्ट स्टाइकर र  सुसान घले बेस्ट प्लेयर तथा  जनता मा.विका समिर रिजाल उत्कृष्ट गोलकर्तामा छनोट भएको गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले  जानकारी दिउ भयो  ।

कार्यक्रममा गैँडाकोट नगर उपप्रमुख शान्ति कोइराला, उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचन, नेपाली काँग्रेस नगर सभापति बद्री सापकोटा, ने.क.पा एमाले नगर सचिव राजु भुषाल, ने.क.पा माओवादी अध्यक्ष प्रकाश अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी नगर सचिव अस्मिता घिमिरे, गैँडाकोट ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरे, वडा नं २ वडा अध्यक्ष प्रकाश सापकोटा ,कार्यपालिका सदस्यहरु, बक्सिङ संघ जिल्ला उपाध्यक्ष दल बहादुर राना, फुटबल संघ गण्डकी प्रदेश सदस्य शोभा आले,नवलपुर जिल्ला फुटबल संघ सदस्य गौरवभक्त अधिकारी ,विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, नगर तथा वडा युवा सञ्जाल प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

गैँडाकोट खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले स्वास्गत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत रामप्रसाद अधिकारीले गर्नुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3