यस क्षेत्रकै उत्कृष्ट विद्यालय जनक नमुना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम आज गैंडाकोटमा सम्पन्न भएको छ। कक्षा १२ का विद्यार्थी विवस भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सो कार्यक्रमको प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी रहनुभएको थियो । कार्यक्रममा गैंडाकोट नगरपालिकाको नगर उपप्रमुख शान्ति कोइराला गैडाकोट नगरपालिका का नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द घिमिरे, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद शर्मा लगायतका विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो सो कार्यक्रममा आफ्नो मन्तब्य व्यक्त गर्दै प्रमुख अतिथी नगर प्रमुख मदनक्त अधिकारीले जनक नमुना मा.वि.ले प्राप्त गरेको प्रगति प्रशंसनीय रहेको र यो विद्यालय जिल्ला वा प्रदेशमा मात्र नभई राष्ट्रियस्तरमै चर्चामा आउन सफल भएकोमा खुसी व्यक्त गर्नुभएको थियो । नया प्रसाशकको आगमन पछि विद्यालयले नयाँ कार्यक्रमहरु ल्याएर विद्यालयको शैक्षिक प्रगतिमा उल्लेख्य कामको सुरुवात गरको भन्दै उहाँले विद्यालयको सफलतामा विद्यार्थीको ठूलो योगदान रहने भन्दै अनुशासित र लगनशील भई अध्ययन गर्न विद्यार्थीहरुलाई ुसमेत आग्रह गर्नुभयो।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि नगर उपप्रमुख शान्ति कोइरालाले यस्ता कार्यक्रमले विद्यार्थीभित्र रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउनुका साथै उनीहरूको शैक्षिक प्रगतिमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। यसैगरी कार्यक्रममा नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले विद्यालय, विद्यार्थी, अभिभावक र शिक्षकबीच सुसम्बन्ध कायम भएमा विद्यालयले थप प्रगति गर्ने बताउँदै जनक नमुना मावि अब्बल दर्जाको विद्यालयका रूपमा स्थापित भइसकेको र आगामी दिनमा पनि यसरी प्रगती गर्दै अब्बल दर्जाका विद्यार्थी उत्पादनमा लाग्नुपर्नेमा जोड दिनुभयो । कक्षा ११ र १२ का विद्यार्थीहरुले करीब दुई दर्जन भन्दा बढी गितहरुमा नृत्य प्रस्तुत गरेको सो कार्यक्रममा कक्षा १२ र कक्षा १० मा अध्ययनरत विद्यार्थीले सुमधुर संगितका साथ गित समेत गएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डितले विद्यालयको हालैको प्रगति तथा शैक्षिक गतिविधिको बारेमा प्रकाश पार्नुभएको थियो। उहाँँले विद्यार्थीहरुको चाहनालाई पुरा गर्दै उच्च शैक्षिक उपलब्धि हासील गर्ने कुरामा लागिपरेको बताउनुभयो । यसै गरी उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द घिमिरेले विद्यालयको शैक्षिक कार्यक्रममा अन्तरगत यो कार्यक्रम सञ्चालन गरिएकोले विद्यार्थीहरुलाई अनशासित भएर अध्ययनमा लाग्न अनुरोध समेत गर्नुभयो । त्यस्तै कार्यक्रममा कक्षा ११÷१२ तर्फका संयोजक प्रेम आचार्य र नारायण तिवारीले कार्यक्रमको औचित्य र महत्त्वमाथि धारणा राख्नुभएको थियो। सो समारोहमा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए भने राष्ट्रिय दोहोरी तथा लोक गायिका उमादेवी खनालको विशेष सांगीतिक प्रस्तुति रहेको थियो।

नारायणी रिसोर्ट गैंडाकोट २ को सभाहलमा भव्यताका साथ सम्पन्न सो स्वागत कार्यक्रम पछि सन्ध्याकालिन भोजनको समेत व्यवस्था गरिएको विद्यालयका शिक्षक प्रतिनिधी दिपक ढुङ्गानाले बताउनुभयो । सोही कार्यक्रममा विद्यालयको कक्षा ११÷१२ तर्फका फोकल पर्सन शिक्षक पार्वती गौडेल, शिक्षक शिव कंडेल लगायत विद्यार्थीहरुले गजल तथा कविता बाचन गर्नुभएको थियो ।उक्त कार्यक्रममा वि.व्य.स. सदस्यहरु, शिक्षक अभिभावक संघका सदस्यहरु, विद्यालयका सहायक प्रधानाध्यापकद्धय हिमालदेव पंगेनी, रामबाबु अधिकारी , विद्यालयका शिक्षकहरु एवम् कक्षा ११ र १२ का ५०० सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । कक्षा १२ विज्ञान संकाय तर्फका मुकेश रेग्मीले स्वागत भाषण गर्नुभएको सो कार्यक्रमको सहजिकरण कक्षा १२ का छात्र प्रज्ववलसागर पौडेल र छात्रा सुष्मिता शर्माले गर्नुभएको थियो ।








