single head

शिक्षकसँग जोडिएको घटनाबारे सरस्वती निकेतनको स्पष्टीकरण

single post top 1

गैँडाकोट ।  गैँडाकोट क्षेत्रमा घटेको एक दुःखद घटना तथा त्यससँग सम्बन्धित सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

single p1

विद्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यालयमा पूर्वकार्यरत एक शिक्षकले विद्यालय समयबाहिर विद्यार्थीको निजी निवासमा होम ट्युसन पढाउने क्रममा अमर्यादित तथा अनैतिक कार्य गरेको भनी परेको उजुरीका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको हो।
विद्यालयका प्राचार्य भरतबाबु कँडेलले जारी प्रेस विज्ञप्ति अनुसार उक्त घटना विद्यालय परिसर, विद्यालय समय वा विद्यालयका कुनै पनि शैक्षिक तथा अतिरिक्त क्रियाकलापसँग सम्बन्धित नभई सम्बन्धित व्यक्तिको निजी समय र व्यक्तिगत स्थलमा भएको हो।
घटनाबारे जानकारी पाएलगत्तै विद्यालय व्यवस्थापन समिति, प्रशासन तथा अभिभावकहरूसँग छलफल गरी सम्बन्धित शिक्षकलाई विद्यालय सेवाबाट तत्काल प्रभावबाट निष्कासन गरिएको विद्यालयले जनाएको छ।

single p2

शिक्षण पेसाको मर्यादा, नैतिक आचारसंहिता र विद्यार्थीको सुरक्षाप्रति विद्यालय सदैव संवेदनशील रहेको विज्ञप्तिमा उल्लेख छ। यसैबीच, विद्यालय परिसरबाहिर भएको व्यक्तिगत घटनालाई संस्थाको नाम र प्रतिष्ठासँग जोडेर केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा भ्रामक वा अतिरञ्जित रूपमा समाचार सम्प्रेषण भएको भन्दै विद्यालयले दुःख व्यक्त गरेको छ। साथै, कुनै व्यक्तिको व्यक्तिगत आचरणका कारण संस्थाको छविमा आँच पुग्ने गरी अनर्गल प्रचार नगर्न विद्यालयले आग्रह गरेको छ।
पीडितलाई न्याय दिलाउने तथा घटनाको सत्यतथ्य छानबिन गर्ने क्रममा प्रहरी–प्रशासनबाट भइरहेको कानुनी अनुसन्धानमा विद्यालयको पूर्ण सहयोग रहने विज्ञप्तिमा उल्लेख छ।
विद्यालयले हाल शैक्षिक तथा प्रशासनिक वातावरण शान्त, सुरक्षित र नियमित रूपमा सञ्चालन भइरहेको जनाएको छ। साथै, विद्यार्थीको सुरक्षा, उच्च संस्कार र उज्ज्वल भविष्यका लागि आफ्नो प्रतिबद्धता निरन्तर कायम रहने जनाएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3