spot_img

Tuesday, December 3, 2024

विनायक कृषि सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

मङ्सिर १०,गैँडाकोट  । गैँडाकोट मा रहेको विनायक कृषि सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गैँडाकोट ८  स्थित अभियान कृषि सहकारीको  परिसरमा भएको कार्यक्रमका  प्रमुख अतिथि  गैँडाकोट नगरपलिकाका नगर प्रमुख मदनभक्त अधिकारीले विनायक सहकारीले कृषि क्षेत्रको बिकासका लागि काम गरिरहेको र आगामी दिनमा अझै किसानहरुको हक हितमा काम गर्न सुझाब दिनुभएको छ । उहाले विनायक कृषि सहकारीले किसान बाट उत्पादन भएका बालीलाई खरिद गरेर कुटानी पिसानी गरेर आफ्नो ब्राण्ड बनाएर बिक्रि गर्न लागेकोमा खुशी लागेको बताउनु भयो  ।

तेस्तै कार्यक्रममा बोल्दै  गैँडाकोट नगरपलिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रेम सापकोटाले हाम्रो कृषि प्रधान देश भएकोले हामी कृषि बिना बाच्न नसक्ने बताउनु भयो । अध्यक्ष सापकोटाले पन्ध्र बर्ष अगाडिको अबस्था र अहिलेको अबस्थामा धेरै अन्तर आएको छ, कृषकको चाहना पनि यहि हो कम लगानीमा बढी उत्पादन र उत्पादन भएका बस्तुहरुको उचित मूल्य पाउनु नै कृषकको लागि चाड जस्तै भएको बताउनु भयो  ।

  • -advertisement-
  • -advertisement-

कार्यक्रममा विनायक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष तिलकप्रसाद कँडेलले गैँडाकोट नगरपालिकाका समग्र कृषकहरुलाई सेवा पुर्याउने उद्देश्यले  गैँडाकोट नगरपालिकाका सबै वडाका कृषकहरुलाई सरल र सुलभ मूल्यमा विउविजन, रासायनिक मल, जैविक मल साथै बालीनालीमा लाग्ने रोगकिरा र नियन्त्रणका लागि हर्कपुर र अमरापुरीमा समेत विक्रि केन्द्र सञ्चालनमा ल्याई सेवा प्रदान गरेको बताउनुभएको छ ।

कार्यक्रममा सस्थाको प्रगति प्रतिवेदन सचिव लक्ष्मीदत्त सापकोटाले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष तेजेन्द्र चालिसेले राख्नु भएको थियो  ।

संस्थाले गुणस्तरिय विउविजन समयमै उपलब्ध गराउने लक्ष्यका साथ गत वर्षदेखि गुणस्तरिय विउविजन उत्पादन कार्य सुरु गरिएको सस्थाका ब्यबस्थापक बसन्त पौडेलले जानकारी दिनुभयो । साथै सस्थाले उत्कृष्ठ कृषक र सस्थापक शेयर सदस्य लाइ सम्मान गरेको ब्यबस्थापक  पौडेलले जानकारी दिनुभयो ।

सस्थाका उपाध्यक्ष टिकाराम सुबेदीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सहजीकरण सचिब लक्ष्मीदत्त सापकोटाले गर्नु भएको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार