spot_img

Monday, December 2, 2024

नेपाली यु-१९ टोलीले कर्नाटकाविरुद्धको एकदिवसीय अभ्यास शृखला ३-२ ले जित्यो

मङ्सिर ७ काठमाडौँ ।  नेपाली यु-१९ टोलीले कर्नाटकाविरुद्धको एकदिवसीय अभ्यास शृखला ३-२ ले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको पाँचौं तथा अन्तिम खेलमा भारतको कर्नाटकको टिमलाई सात विकेटले हराउँदै नेपाली युवा टिमले श्रृंखला जितेको हो ।

  • -advertisement-
  • -advertisement-

कर्नाटकाले दिएको  १९२ रनको लक्ष्य नेपालले  आकाश त्रिपाठी र मायन यादवको उत्कृष्ट प्रदर्शनमा नेपालले ३९.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि आकाशले १०५ बलमा सात चौका र एक छक्काको मद्दतले नटआउट  ८९ रनको योगदान गरे । यसैगरी मायनले ६६ बलमा ६ चौका र एक छक्काको मदद्तले ५०, अर्जुन कुमालले २१ र नरेन साउदले नटआउट १८ रन बनाए ।

कर्नाटका लागि प्रनभ आश्वथले दुई तथा तेजसले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्नाटकाले ५० ओभरमा सबै विकेट गुमाउँदै १९१ रनको योगफल तयार पारेको थियो ।

कर्नाटकाका लागि कप्तान रोहितले ४१, इशा पुथिगेले अविजित ३८, गगन रावले ३४, शिवले २२ र मालातेशले १० रन बनाए । नेपालका लागि कप्तान हेमन्त धामीले तीन तथा अभिषेक तिवारी, नरेन साउद र युवराज खत्रीले समान दुई विकेट लिए ।

नेपालले एसिसी यु-१९ एसिया कपको तयारी स्वरुप कर्नाटकाको युवा टोलीसँग अभ्यास शृंखला खेलेको हो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार