spot_img

Tuesday, December 3, 2024

सहमति सस्थाले आफ्नो २३ औँ वार्षिक उत्सव भव्यताका साथ मनायो

 गैँडाकोट । गैँडाकोट ५ मा रहेको सहमति सस्थाले मंगलबार २३ औँ वार्षिक उत्सव तथा २६ औँ साधारण सभा गरेको छ ।

सहमतिले ५२ जिल्लामा १५ हजारबढी युवाहरुलाई विभिन्न कृषि तथा गैरकृषि उद्यममा संलग्न गराएको सहमतिका अध्यक्ष होमनाथ सुवेदीले बताउनुभएको छ । सहमतिले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका विभिन्न परियोजना मार्फत ६६ हजार बढी जनसंख्या लाभग्राही रहेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

  • -advertisement-
  • -advertisement-

मंगलबार भएको साधारण सभामा प्रमुख अतिथि गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले वातावरण संरक्षणको अभियानमा सहमतिले पु¥याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

विपद् व्यवस्थापन तथा महिला उद्यम कार्यक्रमका लाभग्राही दीपा आलेले सहमतिकै कारण आफू सफल किसानको रुपमा अघि बढ्न पाएको बताउनुभयो । एकीकृत स्वास्थ्य र आय बृद्धि कार्यक्रम मार्फत नेपालका ग्रामीण समुदायहरुको सशक्तिकरण परियोजनाका लाभग्राही तनहुँका रामप्रसाद श्रेष्ठले सहमतिले तरकारी खेतीको तालिम प्रदान गरेर अगुवा किसानको पहिचान बनाउन मद्दत पुगेको बताउनुभयो । यस्तै प्रकृतिमा आधारित सवालहरुका समाधान परियोजनाका लाभग्राही हुप्सेकोटका रुपा माया राना मगरले सहमतिले प्रदान गरेको घार तथा मौरीपालन तालिमले व्यवसायलाई अघि बढाउन सहजता पुगेको बताउनुभयो ।

सहिद लखन गाउँपालिका ३ का वडा अध्यक्ष दीपक पाण्डेले तालिम मात्र नभएर व्यवसायि वन्न प्रोत्साहन र पालिकाको सहकार्यमा समन्वय र सहयोग गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा सल्लाहकार संयोजक भीमप्रसाद शर्मा, पूर्व अध्यक्षहरु करुणासागर सुवेदी, रत्नप्रसाद सापकोटा, सल्लाहकार केशवप्रसाद सापकोटा, मानार्थ सदस्य टोलनाथ घिमिरे लगायतले सहमति संस्थाका असल अभ्यासका बारेमा बताउनुभएको थियो ।

सहमति संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा नीति तथा कार्यक्रम सचिव विमला खनालले प्रस्तुत गर्नुभएको थियो  भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष तारादेवी शर्माले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा १० जना विद्यार्थीहरुलाई जनही १० हजारका दरले छात्रवृत्ति रकम प्रदान गरिएको थियो । विद्यार्थीका लागि छात्रवृत्ति कोष बृद्धिका लागि ५० हजार सहयोग गर्ने सिद्धार्थ बैङ्क गैँडाकोट ४, दशहजार पाँचसय सहयोग गर्ने गोपाल गौतम, ६ हजार सहयोग गर्ने विनय खरेल, ३५ हजार सहयोग गर्ने कृष्ण पाण्डेलाई सम्मान गरिएको छ । अहिलेसम्म शैक्षिक कोषमा ११ लाख ४२ हजार ६ सय ३६ रुपँैया संकलन भएको सहमतिले जनाएको छ । जेष्ठ नागरिक कल्याणकोषमा ३५ हजार सहयोग गर्ने करुणासागर सुवेदीलाई पनि साधारणसभा कार्यक्रममा सम्मान गरिएको छ ।

एकीकृत स्वास्थ्य र आय बृद्धि कार्यक्रम मार्फत नेपालका ग्रामीण समुदायहरुको सशक्तिकरण परियोजना अन्तर्गत उमिसा खत्रीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो । विभिन्न आर्थिक कोषमा कोष वृद्धिका लागि तथा खरिद उपसमितिमा  रहेर स्वयंसेवी  भूमिका निर्वाह गर्नुभएको योगदानको मूल्याकंन गर्दै सहमति वर्ष व्यक्तित्वको रुपमा दयासागर सुवेदीलाई सम्मान गरिएको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार