spot_img

Wednesday, October 9, 2024

नेपाल जेसीज क्षेत्र ‘घ´ सम्मेलन २०२४ शुरु

भदौ २८,गैँडाकोट । नेपाल जेसीजको आयोजना एवं गैँडाकोट जेसीजको आतिथ्यमा गैँडाकोटमा क्षेत्र “घ” सम्मेलन शुरु भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले जेसीजमा आबद्ध तमाम युवाहरुले परिवर्तन गर्न सक्छन् भन्नेमा पूर्ण विश्वास रहेको बताउनुभयो । युवा बिनाको मुलुक कल्पना गर्न नसकिने बताउँदै उहाँले समाजमा विकृति हटाउन, सुशासन कयम गर्न र असल नागरिक निर्माण गर्नलाई जेसीजको ठूलो योगदान रहेको उहाँको भनाई थियो । मन्त्री खड्काले बढ्दै गएको निराशालाई संघर्षकोरुपमा स्थापित गर्दै नेपालमा सम्भावना छ भन्ने अवस्था सिर्जना गरी युवाहरुले मुलुकको परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले ठूलो जनशक्ति विदेश रहेको उल्लेख गर्दै विदेश गएर सिकेका सीपहरुलाई देशमा आएर सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

  • -advertisement-
  • -advertisement-

गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले गैँडाकोट जेसीजलाई आवश्यक परेको समयमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । गैँडाकोट जेसीजले राष्ट्रिय स्तरमा विभिन्न किसिममा परिवर्तनमूलक कार्यहरु गरेकोमा धन्यवाद दिदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

राष्ट्रिय अध्यक्ष रविन पोखरेलले जेसीजले नेतृत्व र व्यक्तित्वलाई जोड दिदैँ आएको बताउँदै युवा जागरणका लागि क्रियाशिल रहने बताउनुभयो ।

नेपाल जेसीजका केन्द्रीय कार्यकारिणी उपाध्यक्ष सन्दीप अग्रहरीको सभापतित्वमा भएको कार्यक्रममा गैंडाकोट जेसीज वर्ष २०२४ का अध्यक्ष राजेश पौडेलले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नगर उप प्रमुख शान्ति कोइराला, जेसीजका केन्द्रीय उपाध्यक्ष गणेश सापकोटा, केन्द्रीय उपाध्यक्ष राजन शर्मा, गैंडाकोट जेसीजका संस्थापक अध्यक्ष बद्री सापकोटा, पूर्व अध्यक्षहरु परमेश आचार्य, रमेश काफ्ले, भानु रिमाल, गोविन्द कँडेल, दया सापकोटा, लगायतको उपस्थिती रहेको थियो ।

भोलीसम्म चल्ने जेसीजको क्षेत्र “घ” सम्मेलनमा क्षेत्र “घ” अन्तर्गत नवलपुरको गैंडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५६ वटा शाखाका ३५० बढी युवाको सहभागिता रहेको सम्मेलन निर्देशक एवं गैंडाकोट जेसीजका पूर्व अध्यक्ष गोकुल सापकोटाले जानकारी दिनुभयो ।

विशेषतः जेसीजलाई १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुको संस्थाको रुपमा लिने गरिन्छ । यसर्थ पनि जेसीजको क्षेत्र सम्मेलनमा सो उमेर समुहका युवाहरुको सहभागिता रहने गर्दछ । क्षेत्र सम्मेलनलाई जेसीज अभियानको महत्वपूर्ण सम्मेलनको रुपमा लिने गरिन्छ । सम्मेलनले नवलपुरको पर्यटन प्रवर्धन, युवा जागरणमा टेवा पुग्ने विश्वास लिइएको छ ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा प्रकरण गोष्ठी, साधारण सभा, सिनेटर बैठक, जुनियर जेसीज बैठक, वक्तृत्वकला प्रतियोगिता, ब्यापार कार्ड साटासाट, साइटसिन, तालिम सकरात्मक कम्पन, पुरस्कार वितरण लगायतका कार्यक्रम हुने प्रचार प्रसार संयोजक एवं गैँडाकोट जेसीजका पूर्व अध्यक्ष शंकर अधिकारीले जानकारी दिनुभयो ।

यसअघि कालिगण्डकी चोकदेखी कार्यक्रम स्थल नारायणी रिसोर्टसम्म शोभायात्रा निकालिएको थियो ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार