spot_img

Tuesday, March 25, 2025

नारायणी सामूदायिक वनको अध्यक्ष पदमा उमा कुमारी पाण्डे र नेत्रराज सापकोटा बीच प्रतिस्पर्धा / भदौ २९ गते मतदान हुने

भदौ २५ गैँडाकोट।  नारायणी सामूदायिक वन उपभोत्ता समूह गैँडाकोट ६,७ र ९ को नयाँ नेतृत्व चयनका लागि भदौ २९ गते मतदान हुने भएको छ ।

सामुदायिक वनको नेतृत्वका लागि अध्यक्ष पदमा नेपाली काँग्रेसले उमा कुमारी पाण्डे र नेकपा एमालेले नेत्रराज सापकोटालाई उठाएको छ । नेत्रराज सापकोटा प्यानलबाट उपाध्यक्षमा मोतिलाल ढुंगाना, सचिवमा सिता गिरी, कोषाध्यक्षमा विनु कुमाल र सहसचिवमा कुल प्रसाद सापकोटाले उमेदवारी दिनुभएको छ ।

तेस्तै उमाकुमारी पाण्डेको प्यानलबाट उपाध्यक्षमा धनपति सापकोटा, सचिवमा भद्रकली घर्ती (मगर), कोषाध्यक्षमा विमला मगर, सहसचिवमा नामकुमारी सापकोटाले उमेदवारी दिनुभएको छ ।

त्यसैगरी नेत्रराज सापकोटा प्यानलबाट सदस्यहरुमा तुलबहादुर गुरुङ, वर्णबहादुर थापा (मगर), सञ्चरी कुमाल, भवि दरै, दिलमाया नेपाली, फुलमाया पोखरेल, नर्मदा शर्मा (पौडेल) तारा भूषाल, जिवन सापकोटा र कर्ण बहादुर परियारले उमेदवारी दर्ता गराएको निार्वाचन समितिले जनाएको छ । त्यसैगरी लेखा समिति संयोजकमा रामप्रसाद तिवारी र सदस्यहरुमा सपना लम्साल (सिग्देल) र नरेन्द्र बन (सन्यासी)ले उमेदवारी दिनुभएको छ । नारायणी सामूदायिक वन उपभोत्ता समूहको चुनावमा नेकपा एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को साथ रहेको छ ।

तेस्तै उमाकुमारी पाण्डेको प्यानलबाट उपाध्यक्षमा धनपति सापकोटा, सचिवमा भद्रकली घर्ती (मगर), कोषाध्यक्षमा विमला मगर, सहसचिवमा नामकुमारी सापकोटाले उमेदवारी दिनुभएको छ । त्यसैगरी पाण्डेकै समूहबाट सदस्यहरुमा रामकृष्ण राई, दिल बहादुर श्रेष्ठ, जोकमाया सुनारी (मगर), लक्ष्मी कुमाल, मिना नेपाली, देवीकला सापकोटा( कंडेल), जमुना सापकोटा (भण्डारी), शशिधर कंडेल र रविलाल सापकोटाले उमेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी लेखासमिति संयोजकमा लक्ष्मी चौधरी (थारु) र सदस्यहरुमा दिपा सापकोटा र चुडामणी सापकोटाले उमेदावारी दिनुभएको छ । नारायणी सामूदायिक वन उपभोत्ता समूहको चुनावमा काँग्रेसलाई, माओवादी, राप्रपा र जनमोर्चाको साथ रहेको छ ।

आगामी तीनवर्षे कार्यकालका लागि ११२८ मतदाताले भदौ २९ गते विहान नारायणी सामूदायिक वनको कार्यालयमा मतदान मार्फत नेतृत्व छनौट गर्ने कार्यक्रम रहेको निर्वाचन समिति संयोजक नारायण पौडेलले जानकारी दिनुभयो  ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार