काठमाडौं । तपाईँले कमिला ताँती (लाइन) लागेर हिँडेको देख्नुभएको छ । कमिला फरक फरक प्रकार र रङ्गका हुने गर्दछन् । कमिला आफ्नो आहारा लिनका लागि समूहमा निस्कने गर्दछन् । त्यसबेला उनीहरु समूहमा लामवद्ध भएर हिँड्ने गर्दछन् ।
वास्तुशास्त्रले प्रकृतिमा भएका कतिपय प्रक्रिया र वस्तुलाई सकारात्मक र कतिपयलाई नकारात्मक उर्जाको प्रतीक मान्ने गरेको छ ।
वास्तुशास्त्रका अनुसार घरमा कालो कमिलाको प्रवेश वा उपस्थिति हुनुलाई शुभ संकेत मानिन्छ । जुन घरमा कालो कमिलाको ताँती प्रवेश गर्छ सो घरमा सुख शान्ति छाउने वास्तुशास्त्रमा वर्णन गरिएको छ ।
कमिलालाई रोटी अथवा चिनी खुवाउँनु निकै शुभ मानिन्छ । कमिलालाई चामलको रोटीमा शख्खर मिसाएर खान दिदा भाग्योदय हुन्छ र परिवारमा शान्ति मिल्छ ।
यदी हरेक काममा उल्झन आईरहेको छ भने कमिलालाई चिनीमा नरिवलको धुलो मिलाएर खुवाउनुपर्छ । यस्तै बदामको धुलोमा चिनी मिसाएर दिदा तनाव हट्ने र ब्यापार ब्यवसायमा प्रगती हुने बताईन्छ ।
तर रातो कमिला लाम लागेर घरमा प्रवेश गरेमा भने त्यसले अशुभ फल दिने उल्लेख छ ।