गैँडाकोट । एसईई २०८० को नतिजामा गैँडाकोट इङ्लिस स्कुल नगरकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।
नवलपुरको गैँडाकोट २ मा अवस्थित गैँडाकोट ईङ्लिस स्कुलबाट माध्यमिक शिक्षा परिषद (एसईई) २०८० मा सहभागि विद्यार्थीहरु मध्ये ९४.१ प्रतिशत विद्यार्थीहरु उतिर्ण भएका छन् ।
एसईई परिक्षा दिएका ३४ जना विद्यार्थीहरुमध्ये ६ जनाले ३.६ देखि ४ जीपीए, १३ जनाले ३.२ देखि ३.६ जीपीए, ११ जनाले २.८ देखि ३.२ जीपीए र २ जनाले २.४ देखि २.४ जीपीए प्राप्त गरेको विद्यालयका प्राचार्य हिरालाल अर्यालले बताउनुभयो । विद्यार्थी, शिक्षक र अभिभावकहरु सबैको मेहनतका कारण स्कुलका विद्यार्थीहरुले राम्रो नतिजा ल्याउन सफल भएको प्रार्चाय अर्यालले बताउनुभयो ।
एसईई परिक्षामा सहभागि भएका नगरका २४ वटा संस्थागत र सामुदायिक विद्यालयहरुलाई पछि पार्दै गैँडाकोट ईङ्लिस स्कुलले पहिलो स्थान सुरक्षित गरेको हो । प्ले ग्रुपदेखि कक्षा १२ सम्म पठनपाठन हुने गैँडाकोट ईङ्लिस स्कुलमा करिब १४ सय विद्यार्थी अध्यनरत रहेका छन् ।
गैँडाकोट नगरपालिकाले गतवर्ष गरेको बर्गीकरणमा गैँडाकोट ईङ्लिस स्कुलले नगरकै एकमात्र “क” वर्गको विद्यालयको रुपमा मान्यता प्राप्त गरेको थियो । सु्विधासम्पन्न आधुनिक भवन, तालिम प्राप्त शिक्षक तथा प्रयोगात्मक शिक्षण विधी मार्फत पठनपाठन सञ्चालन हुने गैँडाकोट ईङ्लिस स्कुल विद्यार्थी र अभिभावकहरुको रोजाईमा पर्दै आएको छ ।