spot_img

Wednesday, January 15, 2025

नवलपुर जिल्लामै नवजागरण नमुना विद्यालयका दुई विद्यार्थीले ल्याए ४ जीपीए

असार १३,नवलपुर(नारायण शर्मा ) । माध्यमिक शिक्षा परीक्षा ( एसईई ) मा नवलपुरको एक सामुदायिक विद्यालयका दुई विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।

मध्यबिन्दु नगरपालिका चोरमारामा रहेको नवजागरण नमुना माध्यमिक विद्यालयका प्रतिक ज्ञवाली र सौगात पोख्रेलले ४ जीपीए अंक ल्याएका हुन् । जिल्लामै ४ जीपीए ल्याउने यी दुई मात्र हुन् । यो विद्यालयबाट ८२ विद्यार्थी पास भएका छन् ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख रुद्र शर्माका अनुसार २०८० को एसईईमा नवलपुरबाट एसईई दिने ६ हजार १ सय १५ थिए । तीमध्ये २ हजार नौ सय ६८ उत्तीर्ण भएका छन् । जिल्लामा रहेका १ सय ३९ माध्यमिक विद्यालय मध्ये ८९ सामुदायिक विद्यालय हुन् ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार