असार ८,गैँडाकोट (नबिन सुबेदी)। प्रथम गैँडाकोट नगरस्तरीय स्काउट दिक्षान्त क्याम्प गैडाकोटमा शुरु भएको छ ।
शुक्रवार बाट कालिका नमुना माध्यामिक विद्यालयको परिसरमा नगरभित्रका सक्रिय स्काउट इकाइका स्काउट बालबालिकाहरूलाई साहसिक, बौद्धिक, सिर्जनात्मक तथा व्यक्तित्व समेत विकास गराउने उद्देश्यले स्थानीय स्काउट गैँडाकोटको आयोजनामा कार्यक्रम भएको हो ।
।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले विद्यार्थी भाइबहिनीहरू स्काउटमा लागेर अनुशासन कायम गरेर अगाडि बढेर आफ्नो जीवनमा प्रगति गर्न आग्रह गर्नुभयो। उहाँले यहाँ धेरै किसिमका कार्यक्रम रहेका छन् यस्ता किसिमका कार्यक्रमले स्काउटमा लागेका भाइबहिनीहरूले तालिमबाट भरपुर ज्ञानको विकास गर्दै आफूलाई देशविदेशमा चिनाउन सक्नुहोला भन्दै शुभकामना व्यक्त गर्नुभयो।
त्यस्तै कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले स्काउटको क्याम्प चलिरहेको छ, विभिन्न विद्यालयमा स्काउटको सानैदेखि बालबच्चालाई शिक्षा दिएर ठुलाप्रति आदर ,सम्मान ,सद्भाव, सानालाई माया गर्ने ,अप्ठ्यारो परेका बेला सहयोग गर्ने बानीको विकास गर्ने हुँदा स्काउटको कार्यक्रम राम्रो रहेको जानकारी दिनुभयो । उहाँले बिरुवा ठूलो हुन सानैमा सारेर हुर्काउन बढाउनपर्छ त्यस्तै झैं विद्यार्थी भाइबहिनीहरुले सानैदेखि नै व्यवहारिक ज्ञान ,शिक्षा संस्कार, बच्चादेखि नै सिक्ने हो ,जुन अपेक्षा आशाका साथ स्काउटले दिएको छ त्यो आशा अनुरूप बाबु नानीहरूको विकास हुँदै जाओस् भन्ने शुभकामना दिनुभयो ।
कार्यक्रममा गैडाकोट नगरपालिका वार्ड नं ८ का वडा अध्यक्ष प्रेम सापकोटा ,नगर शिक्षा अधिकृत रामप्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगाधर सापकोटा, कालिका नमुना माविका प्रधानाध्यापक होमनाथ शर्मा, जनक नमुना माविका प्रधानाध्यापक चुडामणि शर्मा, नेपाल राष्ट्रिय शमशेर आदर्श माविका प्रधानध्यापक ईन्द्रराज भट्टराई , स्मल हटका प्रधानाध्यापक निर्मल पाण्डे ,ज्ञानकुञ्ज बोर्डिङ स्कुलका प्राचार्य डिबी गुरुङ, गैंडाकोट वार्ड नं ८ का वडा सदस्य खग्रेश्वर सापकोटा, भवन निर्माण समिति संयोजक दिन राम सापकोटा , राष्ट्रिय परिषद सदस्य तथा राष्ट्रिय प्रशिक्षक कृष्ण चालिसे, सहायक प्रशिक्षक तथा चन्द्रगिरी नगर स्काउट प्रमुख आयुक्त प्रमुख सिग्देल ,सहायक राष्ट्रिय प्रशिक्षक तथा भरतपुर स्काउट प्रमुख आयुक्त शिव बराल ,स्काउट प्रतिनिधिहरू, कालिका नमुना माबिका शिक्षक शिक्षिकाहरू, समाजसेवी व्यक्तित्व, बुद्धिजीवी वर्ग तथा अभिभावक लगायतको उपस्थिति रहेको थियो।
शुक्रवार र शनिवार चल्ने स्काउट क्याम्प कालिका नमुना माध्यामिक विद्यालयको परिसरमा जारी रहेको स्थानीय स्काउट आयुक्त दयाराम पौडेल विमर्शले जानकारी दिनुभएको छ ।
ब्यानर वाचन गरेर उद्घाटन गरिएको कार्यक्रमको स्वागत मन्तव्य गङ्गा सापकोटाले गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण कालिका नमुना माविका सहायक प्रधानध्यापक राजुपुरीले गर्नुभएको थियो।
कमेन्ट :