जेठ ३०,गैंडाकोट (नबिन सुबेदी) । सेन्टर कलेज Under 21 7A Side फुटबल प्रतियोगिताको उपाधि ब्रह्मपुर एफसी A ले उचालेको छ।
लागू औषध दुर्ब्यसनी न्यूनीकरण अभियान भन्ने मूल नाराका साथ शिवनगर युवा क्लब गैडाकोट ६ को आयोजनामा यही जेष्ठ २२ गतेदेखि सुरु भएको खेल मङ्गलबार समापन भएको हो । गैडाकोट ६ को भाग्योदय रङ्गशालामा भएको फाइनल खेलमा ब्रह्मपुर एफसी A ले शिवनगर युवा क्लब लाई ३ – २ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो।
कार्यक्रमको प्रमुख अतिथि वन वातावरण तथा विपद समिति संयोजक तथा गैडाकोट वार्ड नम्बर २ का वडाध्यक्ष प्रकाश सापकोटाले रेफ्रिलाई बल हस्तान्तरण गरेर फाइनल खेलको सुरुवात गर्नुभएको थियो।
फाइनल खेलमा निर्धारित समयमा दुवै तर्फबाट एक एक गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा शिवनगर युवा क्लबले प्रहार गरेको बल बर्मपुर एफसीका गोलरक्षकले बचाएपछि ब्रह्मपुर एफसी ३ -२ गोलन्तरले बिजयी भएको हो।
सेमीफाइनलमा शिवनगर युवा क्लबले ब्रह्मपुर एफसि B लाइ हराएको थियो भने ब्रह्मपुर एफसी Aले जिएफसीलाई हराएर फाइनल भिडन्तको समीकरण बनेको थियो।
कार्यक्रमको प्रमुख अतिथि प्रकाश सापकोटा ,कार्यक्रमका मुख्य प्रायोजक सेन्टर कलेजका निर्देशक वाईबि पौडेलले संयुक्त रुपमा उपाधि विजेतालाई नगद ६० हजार सहित ट्रफी, मेडल , प्रमाणपत्र र उपविजेता टोलीलाई ३० हजार नगद पुरस्कार सहित ट्रफी, मेडलका साथमा प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि सापकोटाले गैंडाकोट नगरपालिकाले खेलकुदको क्षेत्रमा फड्को मार्नुपर्छ भन्दै नगरपालिकाभित्र १ -१८ का युवाहरूले खेलकुदको क्षेत्रमा चाहे मैदानका कुरा होस् ,चाहे खेल सामग्रीका कुरा होस् ,युवा खेलप्रेमीहरु कुनै कुरामा वञ्चित नहोस् भनेर खेलकुदका कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले गैंडाकोट नगरपालिकाले खेलकुदको क्षेत्रमा धेरै काम गरिरहेको बताउनु भयो ।
प्रमुख अतिथि सापकोटाले अगाडि भन्नुभयो सुन्दर नगरी वार्ड नं ६ मा खेलकुद कार्यक्रम गरेर चितवन ,नवलपुर र गोरखाका खेलाडीहरू आएर खेल्ने अवसर दिनुभयो त्यसको लागि आयोजकप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।
खेलकुद क्षेत्रलाई अगाडि बढाउनु पर्छ ,देशविदेशलाई चिनाउने भनेको पहिलो खेलकुद क्षेत्र नै भएको उहाँले बताउनुभयो। स्वस्थ हुनको लागि खेलकुद आवश्यक पर्छ भने खेलकुद क्षेत्रको विकास भयो भने युवाहरूको विकास हुन्छ ,युवाहरूको विकास भयो भने देशको बिकास हुन्छ , त्यसैले युवाहरु खेलकुद क्षेत्रमा सक्रिय भएर लागे भने देश अवश्य नै बन्ने उहाँले बताउनुभयो ।
शिवनगर युवा क्लबका अध्यक्ष तथा सभापति सुदिप सापकोटाले प्रतियोगितालाई सहयोग गर्ने मुख्य प्रायोजक सेन्टर कलेज , गैडाकोट नगरपालिका ,गैडाकोट वडा नम्बर ६ वडा कार्यलय साथै कार्यक्रम सफल पार्ने विभिन्न सहयोगी दाताहरूलाई धन्यवाद दिनुभयो।
कार्यक्रममा गैडाकोट नगरपालिकाका वडा नम्बर ६ का वडाअध्यक्ष सुभास चापागाई, सेन्टर कलेजका निर्देशक वाईबि पौडेल, वडा नम्बर ६ का वडा सदस्य चन्द्र बहादुर बिश्वकर्मा ,वडा नम्बर ८का वडा सदस्य खगेश्वर सापकोटा, गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्की, सहयोगि दाता, समाजसेबी ब्यक्तीत्व लगायत खेलाडी तथा खेलप्रेमीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
यहि जेठ २२ देखि सञ्चालन भएको सेन्टर कलेज Under 21 7A Side पुरुष फुटबल प्रतियोगितामा चितवन ,गोरखा र नवलपुरका गरी जम्मा १२ वटा टिमको सहभागिता रहेको कार्यक्रम संयोजक सागर परियारले जानकारी दिनुभयो ।
कार्यक्रमको सहजीकरण गैंडाकोट नगर युवा सञ्जाल अध्यक्ष रोशन दर्लामीले गर्नुभएको थियो।