जेठ २९ ,गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ५ ले वडालाई बाल मैत्री बनाउने कार्यको थालनी गरेको छ ।
गैँडाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले एक बर्ष भित्र बालमैत्री वडा बनाउने योजनाका साथ अगाडी बढेको बताउनुभएको छ ।
यसै अन्तर्गत रहेर गैँडाकोट ५ ले बाल मैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ । सोमबार गैँडाकोट १ का बालमैत्री स्थानीय शासन वडा समिति सदस्य जगन्नाथ उपाध्यायले बाल मैत्री स्थानीय शासन सम्बन्धि प्रशिक्षण दिनुभएको थियो । उहाँले बाल मैत्री वडा कसरी बनाउने, यसका सुचकहरु, सरोकारवालकाहरुको भुमिका, यसको आवश्यकता लगाएतको बिषयमा जानकारी दिनुभएको थियो ।
गैँडाकोट ५ का वडा सदस्य शान्ति न्यौपानेले सहजिकरण गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य उषा परियारले राख्नु भएको थियो ।
वडाका भित्र रहेको टोल सुधार संस्था, महिला समुह, स्वास्थ्य स्वयंमसेविका, वाल संञ्जाल, विद्यालय, स्वास्थ्य संस्था लगाएतका प्रतिनिधिलाई बाल मैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण गरिएको हो ।
गैँडाकोट नगरपालिकामा हालसम्म २ वटा वडा मात्र बालमैत्री घोषणा भएका छन् ।