spot_img

Monday, April 28, 2025

प्रथम खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि मुना बचत गैडाकोटको पोल्टामा

जेठ २२, गैंडाकोट (नबिन सुबेदी)। कालिका स्पोर्ट्स क्लब गैंडाकोटद्वारा सञ्चालित प्रथम खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि मुना बचत गैडाकोटले उचालेको छ ।

राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद ,राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरको लागि खेलकुद भन्ने मूल नाराका साथ कार्यक्रममा प्रमुख अतिथि गैडाकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रेम सापकोटाले रेफ्रीलाई बल हस्तान्तर गरेर प्रतियोगिता सुरु भएको हो ।

सोमवार कालिका नमुना माबिको खेलमैदानमा भएको फाइनल खेलमा मुना बचत गैडाकोटले कालिका स्पोर्ट्स क्लबलाई ३–० सेटले हराउदै प्रथम स्थान हासिल गरेको हो । यो सँगै कालिका स्पोर्ट्स क्लबले द्वितिय स्थान हासिल गरेको छ ।

त्यस्तै तृतीय स्थान का लागि सोमवार भरतपुर ९ र कालुङ्गखोला बिच खेल भएको थियो । कालुङ्गखोला लाई २–० सेटले हराउँदै भरतपुर ९ ले तेस्रो स्थान सुरक्षित गरेको हो । हार सँगै कालुङ्गखोलाले सान्त्वना स्थान हासिल गरेको छ ।

प्रतियोगिताका विजेता, उपविजेता, तेस्रो र सान्त्वना हुने टिमलाई क्रमशः रु पैतिस हजार , बिस हजार , दश हजार र पाँच हजार नगद पुरस्कार सहित ट्रफी, मेडलका साथमा प्रमाणपत्र प्रदान गरिएको छ  ।

प्रतियोगितामा मन्तव्य राख्दै प्रमुख अतिथि प्रेम सापकोटाले रात्रिकालिन भलिबल प्रतियोगिता गरेकोमा आयोजकलाई धन्यबाद दिदै आफ्रना स्थानिय युवाहरुले गरेको कार्यक्रममा स्थानिय निकायको पुर्ण साथ र सहयोग रहने बताउनु भयो । उहाँले यस्तै किसिमको रात्रीकालिन ब्याडमिन्टन प्रतियोगिता पनि छिट्टै सञ्चालन हुने बताउनु भयो ।

विजेता टिम तथा खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सापकोटाले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

यहि जेठ १७ देखि सञ्चालन भएको प्रथम खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता बागलुङ , चितवन र नवलपुर  गरी जम्मा २२ वटा टिमको सहभागिता रहेको कार्यक्रम संयोजक कुसुम सुबेदीले जानकारी दिनुभयो ।

मुना बचत तथा ऋण सहकारी संस्था लिमीटेड गैडाकोटको मुख्य प्रायोजक रहेको प्रतियोगितामा गैडाकोट नगरपालिका वडा नम्बर ८ वडा कार्यालयको आर्थिक सहयोगमा रात्रिकालिन समयमा पनि भलिबल प्रतियोगिता भएको हो ।

कार्यक्रममा गैडाकोट नगरपालिकाका वडा नम्बर २ का वडाअध्यक्ष प्रकाश सापकोटा, ९ का वडाध्यक्ष धामनाथ सापकोटा, ५ का वडाध्यक्ष रत्न प्रसाद सापकोटा, वडा सदस्य खगेश्वर सापकोटा, हरि पौडेल , राष्ट्रिय रेफ्रि गजेन्द्र बन ,सहयोगि दाता, समाजसेबी ब्यक्तीत्व लगायत खेलाडी तथा खेलप्रेमीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । नगर युवा सञ्जाल अध्यक्ष रोशन दर्लामि मगरले सहजिकरण गरेको कार्यक्रम कालिका स्पोर्ट्स क्लब गैंडाकोटका अध्यक्ष सुमन पौडेलको सभापतित्वमा सम्पन्न भएको हो ।

 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार