गैँडाकोट । गैँडाकोट २ मा रहेको अक्सफोर्ड कलेजले ग्रीन टेक्नोलोजी एण्ड ट्यालेण्ट म्यानेजमेण्ट अन्तर्राष्ट्रिय गोष्ठी सुरु गरेको छ । शुक्रबारबाट सुरु भएको गोष्ठीमा जर्मन, इण्डोनेसिया, भारत लगायतका देशबाट आएका प्रोफेसरहरुको उपस्थिति रहेको छ । गोष्ठी शनिबारसम्म चल्नेछ । यस गोष्ठीमा प्राज्ञिक व्यक्तिहरुबीच ग्रीन टेक्नोलोजी एण्ड ट्यालेण्ट म्यानेजमेण्ट सन्दर्भमा विभिन्न सेसनहरूमा छलफल हुनेछ ।
समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. प्रेमनारायण अर्यालले अक्सफोर्ड कलेजले अन्तर्राष्ट्रिय गोष्ठी गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । समुद्घाटन कार्यक्रम अक्सफोर्ड कलेजका प्राचार्य ईं हरि भण्डारीको अध्यक्षतामा भएको थियो । प्राचार्य भण्डारीले वातावरणमा हरित उर्जाको समुचित प्रयोग र वातावरणको रक्षा हुने गरि प्रविधिको प्रयोगमा जोड दिन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।