single head

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको च्याम्पियन पपुवा न्युगिनी

single post top 1

चैत्र १, काठमाडौँ ।  हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनल खेलमा नेपाल पपुवा न्युगिनी (पीएनजी) सँग ८६ रनले पराजित भएको छ।

single p1

लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको नेपालको उपाधि चुम्ने लक्ष्यमा पीएनजी बाधक बन्यो। लिग चरणमा नेपालसँग ८५ रनले पराजित भएको पीएनजी फाइनलमा नेपाललाई बदला लिँदै च्याम्पियन बनेको हो।

single p2

हङकङको मोङ कोकस्थित मिसन रोड क्रिकेट मैदानमा जितका लागि पीएनजीले दिएको एक सय ७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनमा समेटियो। नेपालका सुरुवाती ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।ओपनर कुशल भुर्तेल पाँच र विनोद भण्डारी चार रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो।

त्यसपछि कप्तान रोहितकुमार पौडेलले १२ रन जोड्दै पेभेलियन फर्किनुभयो।गुशलन झा ६ रनमा आउट हुनुभयो। त्यसपछि सन्दीप जोराले १७ र आरिफ शेखले १५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

नेपाललाई सस्तैमा समेट्न बलिङमा पीएनजीका कवुअ मोरेअ, सेमो कमेरा, सेसे बाउ र चाँद सोपरले दुई दुई विकेट लिनुभयो।अलई नाओले एक विकेट झार्नुभयो।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो।पीएनजीका लागि ओपनर टोनी उराले ६१ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो।यस्तै हिला भारेले १८, हिरी हिरीले १५, किपलिन डोरिगाले १४ र चाँद सोपरले १३ तथा अलि नाओले अविजित ३० रन बनाउनुभयो।

बलिङमा नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन तीन विकेट लिनुभयो।करण केसी र गुलशन झाले एक एक विकेट लिनुभयो ।

यसअघि मङ्गलबार भएको लिग चरणको दोस्रो खेलमा पीएनजीले घरेलु टोली हङकङलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो।मङ्गलबार नै भएको खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएर फाइनलमा स्थान बनाएको थियो।

आयोजक हङकङ भने लिग चरणको अन्तिममा रहेको थियो।नेपालले आगामी जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि हङकङमा त्रिकोणात्मक सिरिज खेलेको हो ।

विश्वकप तयारीकै लागि घरेलु मैदानमा हालै सम्पन्न नेदरल्यान्ड्स र नामिबिया सम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा पनि नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भएको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3