spot_img

Tuesday, January 21, 2025

बाल अधिकार सम्बन्धि अभिमुखिकरण तथा क्षमता विकास कार्यक्रम सम्पन्न

माघ २८,गैंडाकोट ।    गैंडाकोट नगरपालिकाको आयोजना तथा नगर बाल सञ्चालको संयोजनमा बाल अधिकार सम्बन्धि अभिमुखिकरण तथा क्षमता विकास कार्यक्रम शनिबार लक्ष्मी माध्यमिक विद्यालय अमरापुरीमा सम्पन्न भएको छ ।

कार्यक्रममा गैंडाकोट वडा नं १४, १५, १६ र १७ का वडा बाल सञ्जाल र बाल क्लबका गरी ५५ जना बाल बालिका हरुको सहभागिता रहेको थियो । कार्यक्रममा बालमैत्री अभियन्ता तथा नारायणी माध्यमिक विद्यालय का सहायक प्रधानाध्यापक जगन्नाथ उपाध्याय र नगर बाल सञ्जाल निवर्तमान अध्यक्ष सुस्मिता भण्डारीले सहजीकरण गरेका थिए ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

लक्ष्मी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तिलक बहादुर बटाला ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । महिला बालबालिका सहायक नरमाया रानाले संचालन गरेको सो कार्यक्रममा नगर बाल सञ्जाल सदस्य विशाल सापकोटाले स्वागत गरेका थिए । नगर बाल सञ्जाल उपाध्यक्ष कृति भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार