spot_img

Tuesday, March 18, 2025

चितवन लंकुमा हुने प्राणप्रतिष्ठा महोत्सवको तयारी द्रुतगतिमा

माघ २१ , चितवन (माधव सापकोटा)  । नव- निर्मित लक्ष्मीवैकुण्ठनाथ मन्दिर , भरतपुर-४, धर्मचोक,लंकु, चितवनमा आगामी फागुन २ देखि १० गतेसम्म रङ्ग मन्दिर, वृन्दावनधामका पीठाधीशवर गोवर्धन रङ्गाचार्य “बालक स्वामी”को प्रधान आचार्यत्व, पीठाधीश स्वामी जगन्नाथाचार्यको संरक्षकत्व एवम् डा. चक्रपाणि आचार्यको प्रमुख वाचकत्व तथा नेपाल-भारतका प्रमुख सन्त- महात्मा, विद्वान् ,विचारकहरूको उपस्थितिमा हुने श्रीलक्ष्मीवैकुण्ठनाथ नव मन्दिर प्राण- प्रतिष्ठा महायज्ञ महामहोत्सव २०८० को तयारी द्रुतगतिमा अघि बढिरहेको छ।
महायज्ञको मिति नजिकिँदै गर्दा यज्ञमण्डप, भोजनालय निर्माण, मन्दिर परिक्रमा मार्गमा पत्थर लगाउने जस्ता कार्यहरू तीव्रगतिमा अघि बढिरहेको र भगवान् विग्रहहरू पनि भोलि रक्सौल नाकासम्म आइपुग्ने प्राणप्रतिष्ठा सम्पादन मूल समितिका संयोजक कमलनयन कँडेलले जानकारी दिनुभयो ।
कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार