spot_img

Monday, April 28, 2025

गैंडाकोट जेसीजको १७ औं पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

पुष २७,गैँडाकोट । गैंडाकोट जेसीजको १७ औं पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार भएको कार्यक्रममा नवलपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले युवाहरू देशको मार्गदर्शक भएको बताउनुभयो । प्रत्येक वर्ष नयाँ नेतृत्व हस्तान्तरण गर्ने जेसीजमा यो वर्षका लागि राजेश पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

गत पौष ९ गते भएको अधिवेशनबाट वर्ष २०२४ लागि गैंडाकोट जेसीजको अध्यक्षमा राजेश पौडेल निर्वाचित हुनुभएको हो । त्यसैगरी कार्यकारीणी उपाध्यक्षमा श्याम वन र कमल तिवारी निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा अनिल पौडेल,पवन कार्कीं,लक्ष्मण कंडेल र रोसन सापकोटा निर्वाचित हुनुभएको छ । त्यसैगरी सह-सचिवमा आयुष पौडेल,सह कोषाध्यक्षमा युवराज काफ्ले चयन हुनुभएको छ  ।

त्यसैगरी नवनिर्वाचित अध्यक्षले महासचिवमा इश्वर पौडेल,कोषाध्यक्षमा रमेश कोइराला,कानुनी सल्लाहकारमा हरी पौडेल,तालिम आयुक्तमा तेजेन्द्र राना र प्रकरण निर्देशकमा प्रकाश श्रेष्ठलाई मनोनयन गर्नुभएको छ । राजेश पौडेलले शुक्रबार पदस्थापन गर्नुभएको छ भने जेसीज वर्ष २०२३ का अध्यक्ष रोजन घिमिरेले पद हस्तान्तरण गर्नुभएको छ ।

आफ्नो कार्यकालमा सहयोगी जेसीज पदाधिकारीहरूलाई रोजन घिमिरेले कृतज्ञता व्यक्त गर्नुभएको छ ।  वर्ष २०२४ का लागि निर्वाचित अध्यक्ष राजेश पौडेलले युवाहरूलाई समाजमा स्थापित हुनका लागि युवारूलाई अभिमुखीकरण गर्ने बताउनुभयो ।

 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार