single head

प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सबै मन्त्रीलाई एक महिना भित्र केही फरक काम गरेर देखाउन निर्देशन

single post top 1

साउन १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीलाई एक महिना भित्र केही न केही फरक देखाउन निर्देशन दिएका छन् ।

single p1

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

single p2

‘यो मन्त्रिपरिषद्को विभिन्न मन्त्रालयको जिम्मेवारी लिनुभएको मन्त्रीले एक महिना भित्र कमसेकम केही न केही फरक देखाउनुपर्यो सबै काममा । ६ महिना भित्रमा यो मन्त्रिपरिषद्ले काम गर्यो र गर्ने भयो भनेर ढुक्क हुने विश्वास दिलाउनुपर्यो । एक वर्षभित्र इन्डिकेटरको हिसाबले पनि सबै काम भिजिबल रुपमा परिवर्तन आउनुपर्यो । परिणाममुखी देखिनुपर्यो भनेर निर्देशन दिनुभएको छ ।’ ओलीले दिएको निर्देशनबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, त्यसैले सबै मन्त्रीले एक आपसमा सहकार्य गरेर काम गर्नुहोस्, हामीलाई अहिले असफल हुने छुट छैन । त्यसैकारण राष्ट्रिय स्वाधितनका लागि मुलुकलाई बलियो बनाउनका लागि तथा मुलुकको उत्पादकत्व बढाउनका लागि उत्पादनसँग जोडिएका मन्त्रालयसँग समन्वय हुनुपर्यो । निर्माण कार्य हुने मन्त्रालयका विचमा पनि समन्वय हुनुपर्यो । समन्वयकारी भूमिका निर्वाह गरेर परिणाममुखी नतिजा निकाल्ने काममा अहिलेको मन्त्रिपरिषद्ले लाग्नुपर्छ भनेर निर्देशन दिनुभएको छ ।’

प्रवक्ता गुरुङले एक अर्को मन्त्रालयका बीचमा समन्वय गरेर मात्रै काम गर्न सबै मन्त्रीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएको पनि बताए ।

‘अहिलेसम्म एउटा मन्त्रलयको काम र अर्को मन्त्रालयको कामको बीचमा समन्वय नै नहुने गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयले सडक बनाउँछ, खानेपानी मन्त्रालयले त्यही खनेर पानी लिएर जान्छ र त्यसले त्यतिकै छोडिदिन्छ । खानेपानी र भौतिक मन्त्रालयका बीचमा समन्वय नै छैन ।’ उनले भने,  कहिलेकाहीँ सञ्चार मन्त्रालयले केवुल लाइन विस्तार गर्ने नाममा सडक भत्काइदिन्छ । यो सबै एक अर्को मन्त्रालयका बीचमा समन्वय नभएका कारणले समस्या भइरहेको छ । त्यसैले अबदेखि मन्त्रालयका बीचमा कामको समन्वय हुनुपर्यो र यस्ता खालका साना तिना सबै समस्याको सधाधान हुनुपर्यो भनेर पनि निर्देशन दिनुभएको छ ।’

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3