single head

फुडमान्डुले चितवनमा आफ्नो सेवा विस्तार

single post top 1

वैशाख १४, बैशाख । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । फुडमान्डुको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, किर्तिपुर र पोखरा हुदै अब चितवनमा पनि विस्तार भएको हो ।काठमाडौं र पोखरामा पहिलेदेखि नै लोकप्रिय कम्पनीले यही वैशाख १४ गते पत्रकार सम्मेलनमार्फत चितवनवासीले समेत अनलाइनबाटै खानेकुराहरुको अर्डर गर्न सकिने जानकारी दिएको हो ।

single p1

कम्पनीका ब्रान्ड एंड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भन्नुभयो, “फुडमान्डु अब चितवनमा पनि विस्तार भएको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौँ । चितवनमा रहेका प्रख्यात रेस्टुरेन्टहरुबाट खानेकुराहरु घर, अफिस वा ग्राहकले चाहेको ठाउँमा नै अनलाइनमार्फत डेलिभर गर्न हामी उत्साहित छौँ ।”त्यस्तै कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भन्नुभयो, “हामी फुडमान्डुलाई फुड डेलिभरीको अग्रणी कम्पनीको रुपमा नेपालका मुख्य सहरहरुमा क्रमशः फैलाउने योजनामा छौं । काठमाडौं,पोखरा हुँदै अब चितवनमा पनि हाम्रो सेवा विस्तार गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो ।

single p2

”स्थापना भएको १३ वर्ष पुगेको नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमान्डुले काठमाडौँ र पोखरामा पाएको सफलता अब चितवनमा पनि पाउनेमा कम्पनी ढुक्क रहेको छ । चितवनवासीलाई डेलिभरी सेवा दिन अहिले फुडमान्डुले पहिलो चरणमा स्थानीय रेस्टुरेन्ट तथा होटलहरुसँग सहकार्य गरेको छ । साथै भविष्यमा अन्य सेवाहरु पनि विस्तार गर्दै जाने प्रतिबद्धता कम्पनीले जनाएको छ ।”फुडमान्डुले आफैँ खाना बनाउँदैन, रेस्टुरेन्टहरुमा पाइने खानालाई उपभोक्ताको घरदैलोसम्म ल्याइदिने काम गर्दछ ।

ग्राहकले मोबाईल एप, वेबसाइट र फोनमार्फत खाना अर्डर गर्न सक्छन्, जसलाई फुडमान्डुमा आबद्ध रेस्टुरेन्टहरुले तयार गर्छन् । फुडमान्डुसँग अहिले १,००० भन्दा बढी रेस्टुरेन्टहरु आबद्ध छन् ।चितवनमा सेवा विस्तार गर्ने क्रममा कम्पनीले बैशाख ३१ सम्म हरेक अर्डरमा “FOODSAFARI” कोड प्रयोग गर्दा ३०% (रु.५०० सम्म) छुट पाउने घोषणा गरेको छ ।यो उपलब्धीलाई निरन्तरता दिँदै फुडमान्डुले अन्य मुख्य सहरहरुमा पनि छिट्टै सेवा विस्तार गर्ने जनाएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3