single head

सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मकरूपमा लिएको नेकपा एमालेको निस्कर्ष

single post top 1

फागुन २५ ,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मकरूपमा लिएको जनाएको छ । एमालेको शुक्रबारको सचिवालय बैठकले पछिल्लो सत्ता समीकरणबाट राजनीतिक स्थायित्व कायम राख्न र जनतामा आशा जगाउन फलदायी हुने निष्कर्ष निकालेको हो ।

single p1

बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी महासचिव शङ्कर पोखरेलले भन्नुभयो, “मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा दिन एमालेको तर्फबाट सकारात्मक योगदान पुग्ने ठानेका छौँ, जनताको निराशालाई आशामा परिणत गर्न हरतरहले सरकारलाई सहयोग गर्ने बैठकले निर्णय गरेको छ ।”

single p2

महासचिव पोखरेलले एमालेसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत  समाजवादी) लगायत पाँच राजनीतिक दल मिलेर नयाँ सरकार बनाउने प्रक्रिया सुरु भएको भन्दै नयाँ सत्ता समीकरणलाई  साथ र सहयोग गर्न अन्य दललाई अनुरोध गरिएको बताउनुभयो ।

“देशमा उत्पन्न निराशालाई चिर्ने र देशभित्र केही गर्न सकिन्छ भन्ने सकारात्मक भावना विकास गर्ने प्रयास सरकारको तर्फबाट अगाडि बढ्ने छ” उहाँले भन्नुभयो, “मुलुकको स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका निम्ति सहकार्य फलदायी हुने विश्वास बैठकले गरेको छ ।”

बैठकले पार्टी स्थापनाको ७५ औँ वार्षिकोत्सवका दिन वैशाख १० गते विशेष समारोह र वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद् बैठक गर्ने निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिनुभयो । रासस

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3