single head

मन्त्रिपरिषद् बैठकका १७ वटा निर्णय सार्वजनिक

single post top 1

फागुन १५, काठमाडौं । सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकमा १७ वटा निर्णय सार्वजनिक गर्नुभएको हो ।

single p1

मन्त्री शर्माले बालकुमारी घटना जाँचबुझ आयोग, २०८० ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि यही फागुन २० भित्र सुझाव पेस गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई जिम्मेवारी दिने निर्णय भएको जानकारी दिनुभयो ।

single p2

त्यस्तै, बैठकले सार्वजनिक खरिद (तेह्रौँ संशोधन) नियमावली, २०८० स्वीकृत गरेको छ ।

मन्त्री शर्माले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा. सतिस कुमार देवलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिनुभयो ।

त्यस्तै, प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका सर्लाही जिल्ला बरहथवा नगरपालिका–६ बस्ने मृतक जयशंकर साहको परिवारलाई आर्थिक सहायता स्वरूप १० लाख रुपियाँ उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

यसका साथै मन्त्रिपरिषद् बैठकले अन्य १७ वटा निर्णय गरेको छ ।

cabinet-Press-release

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3