single head

आजको राशिफल (२०८० चैत २१ गते बुधबार, चैत्र कृष्णपक्ष नवमी तिथी)

single post top 1

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज चन्द्रमाको गोचर मेष राशिबाट दशौँ स्थानमा रहने भएकाले राजनीति तथा समाजसेवामा जनतको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ ।व्यापार व्यवसाय फस्टाउन सक्छ।  अध्ययनको क्षेत्रमा राम्रो राम्रो प्रगति हुनेछ। प्रेम तथा पारिवारिक जीवन राम्रो रहन सक्छ भने परिवारको साथमा रमाइलो घुमघामको वातावरण बन्न सक्छन्।

single p1

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)- आज चन्द्रमाको गोचर तपाईंको राशिबाट नवौँ स्थानमा रहने भएकाले सामाजिक तथा परोपकारी काममा मन जानेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिन्छ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेकोछ । प्रेम तथा पारिवारिक जीवन आज राम्रो रहन सक्छ। विद्याको स्थान पनि राम्रो रहनेछ।

single p2

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आज चन्द्रमाको गोचर मिथुन राशिबाट आठौँ स्थानमा रहेकाले स्वास्थ्य कमजोर रहन सक्छ र पेटमा केहि गडबडी हुन सक्छ। सवारी साधन चलाउँदा ध्यान दिनुपर्छ। अनावश्यक वादविवाद नगर्दा राम्रो हुन्छ। प्रेम जीवनमा सामान्य असमझदारी आउन सक्छ। पारिवारिक जीवन सामान्य रहनेछ। विद्यार्थीले पढाईमा अलिक ध्यान दिनुपर्ने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) -आज तपाईंको राशिबाट सातौँ स्थानमा चन्द्रमा गोचर रहेकाले  प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)-  आज चन्द्रमाको गोचर तपाईंको राशिबाट छैटौँ स्थानमा रहेकाले अरुको सहयोग पाईने तथा आफन्तको विश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद, प्रतिस्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागी समय उत्रम रहेकोछ । साहसको काम गरेर लाभ लिन सकिनेछ । व्यापार व्यवसायमा राम्रो लाभ मिल्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)- आज चन्द्रमाको गोचर तपाईंको राशिबाट पाँचौं स्थानमा रहेकाले अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)-  आज चन्द्रमाको गोचर तपाईंको राशिबाट चौथौं स्थानमा रहेकाले साथिभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । अन्य व्यापारमा मन्दी आउने भएपनि कृषि तथा सहकारी व्यावसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आज चन्द्रमाको गोचर तपाईंको राशिबाट तेश्रो स्थानमा रहेकाले सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । लगनशिलताको साथ गरिने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा मन जानेछ भने पढाइकै सवालमा यात्रा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) -आज चन्द्रमाको गोचर तपाईंको राशिबाट दोश्रो स्थानमा रहेकाले आर्थिक क्षेत्रहरु सामान्य रहन सक्छन्।आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययन अध्यापनको क्षेत्र सामान्य रहन सक्छ। बोलीले काम बिगार्न सक्ने भएकाले बोल्दा विचार पूर्याउनुहोला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)- आज चन्द्रमाको गोचर तपाईंको राशिमा रहेकाले विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । इमान्दारिता र मेहनतले आत्मविश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेम तथा पारिवारिक जीवनबाट खुसी प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)-  आज चन्द्रमा गोचर तपाईंको राशिबाट बाह्रौँ स्थानमा रहेकाले स्वास्थ्य तथा मनोरन्जनको क्षेत्रबाट खर्च हुन सक्छ। विश्वास गरेकाहरुबाट धोका हुन सक्छ। काममा बाधा रोकावट आउन सक्छ। साथीभाईबाट उचित सहयोग नमिल्न सक्छ। विद्यार्थीको पढाईमा मन नजान सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आज चन्द्रमा गोचर तपाईंको राशिबाट एघारौँ स्थानमा रहेकाले आम्दानीका विभिन्न स्रोतहरु फेला पार्न सकिनेछ । प्रेम तथा पारिवारिक जीवन सुखी रहनेछ। परिवारका साथ रमाइलो यात्रा तथा मिष्ठान्न भोजनको योग रहेको छ। लगानी गरेको ठाउँबाट राम्रो प्रतिफल मिल्न सक्नेछ। अध्ययनमा थोरै मेहनेतले राम्रो सफलता हात पार्न सकिनेछ । अग्रहरुको धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ।

आजको पञ्चाङ्ग

वि. सं. :       २०८० चैत २१ गते बुधबार

इ.सं. :         3rd April 2024 (Wednesday)

सूर्योदय:       विहान ०५:५४ बजे

सूर्यास्त:        बेलुका १८:२२ बजे

तिथि :          नवमी १३:५९ सम्म, तत्पश्चात् दशमी

पक्ष :            चैत्र कृष्णपक्ष

नक्षत्र :          उत्तरषाढा १७:४८ सम्म, तत्पश्चात् श्रवण

योग :            शिव १२:३२ सम्म, तत्पश्चात् सिद्ध

करण :          गर १३:५९ सम्म, तत्पश्चात् वणिज

चन्द्रराशि:       मकर

ऋतु :             वसन्त

अयन :           उत्तरायण

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3