single head

स्वर्गीय रमेश पाठकको १३औँ पुण्यतिथिको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३४ जनाले गरे रक्तदान

single post top 1

गैंडाकोट ।   गैंडाकोट–२ शान्तिनगर टोलमा समाजसेवी स्वर्गीय रमेश पाठकको १३औँ पुण्यतिथिको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेमा १४ जना महिला रहेका छन्।

single p1

स्व. पाठकका बुबा बालानन्द पाठकको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले गरेका थिए। उद्घाटन मन्तव्यमा उनले स्व. पाठकको समाजसेवाप्रतिको योगदान स्मरण गर्दै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश दिने बताए। “रक्तदान जीवनदान हो, यसले धेरैको ज्यान बचाउन सक्छ,” उनले भने।

single p2

कार्यक्रममा ब्लड डोनर सोसाइटीका केन्द्रीय सल्लाहकार तथा पूर्वमन्त्री विजय सुवेदी र रक्त अभियन्ता बालानन्द शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी, ब्लड डोनर सोसाइटीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपाने, रक्त अभियन्ता भागीरथ बस्याल लगायतको उपस्थिति रहेको थियो।

विशेष अतिथि वडा नं. २ का वडाध्यक्ष प्रकाश सापकोटाले यस्ता सामाजिक अभियानले समुदायलाई एकताबद्ध बनाउने धारणा व्यक्त गरे। उनले स्व. पाठकको सामाजिक सक्रियताको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।

कार्यक्रममा चिकित्सक भोजराज अधिकारीले रक्तदानको महत्त्वबारे जानकारी दिँदै नियमित रक्तदान गर्न आग्रह गरे। उनले रक्त अभावका कारण बिरामीले समस्या भोग्नुपरेको उल्लेख गरे।

कार्यक्रम ब्लड डोनर सोसाइटी चितवनका सचिव विपिन पाठकले सञ्चालन गरेका थिए।

पाठक परिवारको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखा, ब्लड डोनर सोसाइटी, नेपाल रक्तदाता समाज, शान्तिनगर टोल विकास संस्था तथा कौटन्य गोत्रीय पाठक समाज गैंडाकोटले सह–आयोजन गरेका थिए।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3