पीसीएल र स्नातक तहका नर्सिङ कार्यक्रम एकै संस्थामा चलाउने बाटो खुला

arthik top

काठमाडौं । पीसीएल र स्नातक तहका नर्सिङ कार्यक्रम एकै संस्थामा चलाउने बाटो खुला भएको छ।
चिकित्सा शिक्षा आयोगको शुक्रबार बसको बैठकले एउटै संस्थाबाट उक्त कार्यक्रम सञ्चालन गर्न सकिने अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्दै लैजाने निर्णय गरको हो।

नर्सिङ विधाको अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनमा नर्सिङको प्रमाणपत्र तह र स्नातक तहको अध्यापन र प्रयोगात्मक अभ्यास एउटै संस्था/अस्पतालमा सञ्चालन गर्न सकिने सुझाव दिइएको छ।

Article Inline 2

तीन वर्षअघिसम्म नेपालका मेडिकल कलेजहरुमा प्रवीणता प्रमाणपत्र तह (पीसीएल)को नर्सिङ कार्यक्रम सञ्चालनमा थिए। मेडिकल कलेजले पीसीएलसहित त्योभन्दा माथिल्लो तह स्नातक र स्नातकोत्तर तहमा समेत नर्सिङ कार्यक्रममा पठनपाठन गर्दै आइरहेका थिए।

तर २०७८ मंसिरदेखि भने मेडिकल कलेजहरुले पिसिएल तहमा नर्सिङ कार्यक्रम सञ्चालन गरेका छैनन्। चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार पीसीएल तहको कार्यक्रम सञ्चालन गर्न नपाएका हुन्। आयोगले चिकित्सा शिक्षा ऐनको दफा ४२ अनुसार पीसीएल कार्यक्रम सञ्चालनमा रोक लगाएको थियो।

तर मेडिकल कलेज सञ्चालकहरु भने ऐनको उक्त दफाले मेडिकल कलेजहरुलाई पीसीएल कार्यक्रम सञ्चालनमा रोक नलगाएको बताउँदै आइरहेका थिए।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :