गैंडाकोट, भाद्र १८ गते
नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा गैंडाकोट ५ स्थित जनक नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि एकदिवसीय रेडक्रसको सम्बन्धमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उप–शाखा गैंडाकोट पालिका शाखाको आयोजना तथा जनक नमुना मा वि को व्यवस्थापनमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। गैंडाकोट आदर्श उप–शाखाका कार्यवाहक सभापति महेन्द्रभक्त अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नवलपुर जिल्ला शाखाका उपमन्त्री निराजन चौधरी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्दै उप–शाखाका सचिव दोलराज पाण्डेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो। अभिमुखीकरण सत्रको सहजीकरण दोलराज पाण्डे र निराजन चौधरीले गर्नुभएको थियो। कार्यक्रममा जनक नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द घिमिरे, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण शर्मा, विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डित उप–शाखाका उपसभापति लगायतका अतिथिहरूले रेडक्रसको मानवीय सेवा, युवा तथा जुनियर सर्कलको भूमिकाका विषयमा आफ्नो धारणा राख्नुभएको थियो। उक्त अभिमुखीकरण कार्यक्रममा जनक नमुना मा वि का जुनियर तथा युवा रेडक्रस सर्कलका ३० जना भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। जनक नमुना मा वि गैंडाकोटका सहायक प्रधानाध्यापक हिमालदेव पंगेनी, जुनियर रेडक्रस सर्कल जनक नमुना मा वि का शिक्षक नायक विशाल अर्याल, जनक नमुना मा वि पूर्व विद्यार्थी मञ्चका सचिव सुवास आचार्य , समाजसेवी एवम् रेडक्रस कर्मी कमला तिवारी लगायतको अतिथिहरु रहनुभएको सो कार्यक्रमको सहजीकरण उपशाखा गैंडाकोटका सदस्य एवम् रेडक्रसकर्मी दीपक ढुङ्गानाले गर्नुभएको थियो ।
नेपाल रेडक्रसको ६४औँ स्थापना दिवसः जनक नमुना मा. वि.का विद्यार्थीलाई अभिमुखीकरण ।








