single head

रेडियो संकेत ९३ मेगाहर्जले ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ आयोजना गर्ने

single post top 1
arthik side 1

साउन १९ ,गैंडाकोट । नेपाली नारीहरूको महान् चाड हरितालिका तिजको पूर्वसन्ध्यामा गैंडाकोटस्थित रेडियो संकेत ९३ मेगाहर्जले यस वर्ष पनि ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ आयोजना गर्ने भएको छ।

single p1

जिल्लाभरिका नयाँ तथा पुराना प्रतिभाहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यका साथ आगामी भाद्र २० गते शनिबार प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। संस्कृति र महिला सशक्तीकरणको चौतारी तिज केवल गीत र नृत्यको उत्सव मात्र नभई महिलाहरूको भावना, पीडा र खुसी अभिव्यक्त गर्ने सशक्त माध्यम भएको आयोजकको भनाइ छ।

Article Inline 2

रेडियो संकेतका अध्यक्ष चिरञ्जीवी श्रेष्ठका अनुसार तिजले महिलाहरूबीच आत्मीयता, सांस्कृतिक भाव र सामूहिक चेतनालाई प्रवर्द्धन गर्ने बताउँदै यस्ता प्रतियोगिताहरूले लुकेर रहेका प्रतिभाहरूलाई बाहिर ल्याउन र प्रोत्साहन गर्न ठूलो भूमिका खेल्छन्, अध्यक्ष श्रेष्ठले बताए। यस्तै, स्टेसन म्यानेज सुजन अधिकारीले नवप्रवेशी र अनुभवी दुवै कलाकारलाई एउटै मञ्चमा जोड्न कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै उनका अनुसार सांस्कृतिक पहिचान झल्किने भेषभूषा, गायन शैली र प्रस्तुतिका आधारमा उत्कृष्ट प्रतिभाको चयन गरिनेछ।

प्रतियोगितालाई थप रोमान्चक र आकर्षक बनाउन विभिन्न पुरस्कार तथा विशेष सुविधाको व्यवस्था गरिएको जसमा प्रथम पुरस्कार: रु. १५,००० द्वितीय पुरस्कार रु.७,००० तृतीय पुरस्कार: रु. ५,००० र सान्त्वना पुरस्कार: रु. ३,००० रहेको छ साथै प्रतियोगितामा सहभागी हुने सम्पूर्ण महिला समूहहरूका लागि मौलाकाली केवलकार लिमिटेडका तर्फबाट दुईतर्फी निःशुल्क टिकट प्रदान गरिनेछ। कार्यक्रमका दौरान सोधिने विभिन्न प्रश्नोत्तर प्रतियोगितामार्फत सहभागीहरूले आकर्षक उपहारहरू जित्न सक्नेछन्। निर्णायक मण्डलले गीतको मौलिक भेषभूषा, शब्दको सन्देश, लय र मञ्च प्रस्तुतिलाई मुख्य आधार बनाएर विजेता छनोट गर्नेछ।

तिजको सांस्कृतिक महत्त्वलाई जोगाउँदै स्थानीय प्रतिभालाई नयाँ उचाइ दिने लक्ष्य राखिएकाले तिज सम्बन्धी मौलिक वा सन्देशमूलक गीत लिएर यथाशीघ्र रेडियो संकेतको कार्यालयमा सम्पर्क गर्न कार्यक्रम संयोजक भूमिलाल पौडेलले सम्पूर्ण कलाकार तथा महिला समूहहरूलाई हार्दिक आह्वान गरेका छन्।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

[sprasasocial]

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3