spot_img

Thursday, June 11, 2026

प्रतिनिधिसभाको बैठक जेठ २५ गते बस्ने गरी स्थगित

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुको विरोध पछि बैठक सोमबार सम्मका लागि स्थगित भएको छ ।
निर्धारित समयभन्दा तीन घण्टा ढिलो गरेर सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी लगायतका विपक्षी दलले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका विषयमा कुनै पनि सम्झौता हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो धारणा फिर्ता लिनुपर्ने धारणा राखेका थिए ।
सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरुलाई कार्यसूचीमा प्रवेश गरेर सहयोग गर्न पटकपटक आग्रह गर्नुभएको थियो । बजेटलगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले आसनग्रहण गरी बैठक सञ्चालनमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो । विपक्षी दलका सांसदहरुले सभामुखको आग्रहलाई अस्वीकार गर्दै निरन्तर विरोध गरेपछि  बैठक यही जेठ २५ गते सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :