spot_img

Thursday, June 11, 2026

नारायणी नदीमा डुबेर बालक बेपत्ता

गैँडाकोट। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् ।

नदीमा पौडी खेल्ने क्रममा आज एक बालक बेपत्ता भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिनुभयो । नारायणी नदीमा दुईजना पौडी खेल्न गएकामध्ये एक जना बेपत्ता भएका छन्, एक जनाको उद्धार गरी अस्पताल पठाइएको छ र बेपत्ता भएका बालकको खोजी जारी रहेकाे उहाँले जानकारी िदनु भयाे  ।

बेपत्ता भएका र उद्धार गरी अस्पताल पठाइएको दुवै बालकको परिचय खुल्न नसकेको उहाँले बताउनुभयो ।  स्थानीय र प्रहरी टोलीको सहयोगमा नदीमा बेपत्ता बालकको  खोजी भइरहेको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :